बजेटले जनतालाई सम्बोधन गर्न सकेनः सांसद् पाण्डे
मकवानपुर । बागमती प्रदेशसभा सदस्य तथा नेकपा एमाले बागमती प्रदेश संसदीय बोर्डका सदस्य राजेन्द्र पाण्डेले प्रदेश सरकारले बजेटबाट जनतालाई सम्बोधन गर्न नसकेको बताएका छन् ।
सांसद् पाण्डेले प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०७८/०७९ को बजेटमा प्रचारमुखि योजनाहरुलाई प्राथमिकतामा राखेको बताए ।
बागमती प्रदेश सरकारले प्रदेशका जनताको अपेक्षा अनुसारका कार्यक्रमहरु बजेटमा समावेश गर्न नसकेको उनले बताए ।
प्रदेश सरकारले यस अघि प्रस्तुत गरेको प्रचारमूखि नीति तथा कार्यक्रमलाई नै प्राथमिकतामा राखेर बजेट ल्याएको उनबो भनाई छ ।
सरकारले कोरोना नियन्त्रणलाई मुख्य प्राथमिकतामा राखेर प्रदेशका जनतामा खोपको पहुँच पु¥याउनु पर्ने भएपनि त्यसो हुन नसकेको उनको धारणा छ ।
बजेटमा कोरोना नियन्त्रण, उपचार र खोपका विषय प्राथमिकतामा पर्नुपर्ने हो तर प्रदेश सरकारले त्यसो गर्न सकेको छैन् सरकारले जनताको अपेक्षा अनुसारका कार्यक्रम तथा बजेट ल्याउनबाट चुकेको उनले बताए ।
आफूले दिएका सुझावलाई समेत वेवास्ता गर्दै प्रदेश सरकारले सत्तापक्षका सांसद्हरुलाई नै विपक्षीको रुपमा हेर्ने गरेको उनको भनाई छ ।
सांसद् पाण्डेले सरकारले बजेटमा आफ्ना सुझाव नसमेटेर गलत गरेको भन्दै त्यसमा आवश्यक संशोधनका लागि आग्रहसमेत गरेका छन् ।
