राजनीति/ समाज

बागमती प्रदेशसभाको बैठक जेठ २७ गते बस्ने

मकवानपुर । बागमती प्रदेशसभाको आठौं बैठक अधिवेशन यही जेठ २७ गते बस्ने भएको छ । बैठक जेठ २७ गते बिहिबार दिनको ३ बजे बस्ने भएको प्रदेशसभा सचिवालयका प्रमुख सचिव कृष्णहरि खड्काले जानकारी दिए । उक्त बैठकमा बागमती प्रदेश प्रमुख विष्णुप्रसाद प्रसाईले प्रदेश सरकारको आगामी आर्थिक वर्ष २०७८/०७९ को लागि...

सर्वोच्चद्वारा मन्त्रिपरिषद् विस्तारविरुद्ध परेको निवेदनमा अन्तरिम आदेश दिन अस्वीकार

काठमाडौं । मन्त्रिपरिषद् विस्तारविरुद्ध परेको रिट निवेदनमा सर्वोच्च अदालतले अन्तरिम आदेश दिन अस्वीकार गरेको छ । मंगलबार न्यायाधीश इश्वर प्रसाद खतिवडाको एकल इजलासले कारण देखाउ आदेश जारी गर्दै अन्तरिम आदेश दिन अस्वीकार गरेका हुन् । उनले अन्तरिम आदेश अघि छलफल गर्नुपर्ने भनेर दुवै पक्षलाई असार ८ मा बोलाउने आदेश...

मुख्यमन्त्री भट्टले पाए विश्वासको मत, जोगियो सरकार

धनगढी । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले विश्वासको मत पाएका छन् । मुख्यमन्त्री भट्टले मंगलबार प्रदेशसभा नियमावली २०७४ को नियम १४३ को उपनियम ४ बमोजिम प्रदेशसभामा विश्वासको मत लिन प्रस्ताव पेश गरेपछि सभामुखले निर्णयार्थ पेश गर्दा उनको पक्षमा बहुमत पुगेको हो । मुख्यमन्त्री भट्टले एमालेभित्रको विवादकै कारण विश्वासको मत...

कांग्रेसकी केन्द्रीय सदस्य डिनाद्वारा स्वास्थ्य सामग्री वितरण

मकवानपुर । नेपाली कांग्रेसकी केन्द्रीय सदस्य महालक्ष्मी उपाध्यय डिनाले मकवानपुरको पूर्वी क्षेत्रमा स्वास्थ्य सामग्री वितरण गरेकी छन् । केन्द्रीय सदस्य डिनाले कोरोनाभाईरस (कोभिड–१९) संक्रमण रोकथाम तथा नियन्त्रणमा सहयोग पुर्याउने उद्देश्यले जिल्लाको बागमती गाउँपालिका, हेटौँडा उपमहानगरपालिका वडा नम्वर १८ र वडा नम्वर ७ को विभिन्न स्थानमा मास्क, स्यानिटाएजर, अक्सिमिटरलगायतका स्वास्थ्य...

सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री भट्टले आज विश्वासको मत लिंदै

धनगढी । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले आज प्रदेशसभामा विश्वासको मत लिने भएका छन् । प्रदेशसभा सचिवालयका सचिव रामसिंह धामीका अनुसार मुख्यमन्त्री भट्टले मंगलबार बिहान ९ बजे बस्ने प्रदेशसभा बैठकमा विश्वासको मत लिने भएका हुन् । मुख्यमन्त्रीले प्रदेशसभामा पेश गरेको विश्वासको प्रस्तावको पक्ष, विपक्ष र तटस्थ बस्ने प्रदेशसभा सदस्यका...

बागमती प्रदेश सरकारले आगामी आवको लागि करीब ५४ अर्बको बजेट ल्याउने

मकवानपुर । बागमती प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०७८/०७९ का लागि करीब रु ५४ अर्बको बजेट ल्याइने भएको छ । प्रदेशको आर्थिक मामिला तथा योजना मन्त्री कैलाश प्रसाद ढुंगेलका अनुसार, प्रदेशमा भौतिक पूर्वाधार निर्माण, विद्युतीय बस संचालन र पोष्टबहादुर बोगमती भीमफेदी–कुलेखानी सुरुङमार्गको निर्माण तथा कोभिड–१९ संक्रमण रोकथाम तिथा नयन्त्रणलाई...

बागमती प्रदेशको दुई वटा स्थानीय तहमा उद्योग ग्राम स्थापनामा समस्या

मकवानपुर । बागमती प्रदेशको २ वटा स्थानीय तहमा उद्योग ग्राम स्थापनामा समस्या भएको छ । जग्गा प्राप्तीको विवादका कारण पहिचान भइसकेको उद्योग ग्राम स्थापनाका लागि पूर्वाधार निर्माण कार्य सुरु हुन नसक्दा प्रदेशको नुवाकोट र सिन्धुपाल्चोकको एक÷एक वटा स्थानीय तहमा उद्योग ग्राम स्थापनामा समस्या भएको हो । नुवाकोटको पञ्चकन्या गाउँपालिका...

ओलीको ६ बुँदे प्रस्तावको नेपाल पक्षले लिखित जवाफ दिने

काठमाडौं । नेकपा एमालेको माधवकुमार नेपाल पक्षले पार्टी अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले आइतबार प्रस्तुत गरेको ६ बुँदे प्रस्तावको लिखित जवाफ दिने भएको छ । सोमबार नेपाल पक्षका नेताहरुको छलफलले ओलीको प्रस्तावको हरेक बुँदाको जवाफ दिने गरी तयारी गरेको सोही पार्टीका एक नेताले बताए । उहाँको प्रस्ताव इमान्दारितापूर्वक...

मन्त्रिपरिषद विस्तारविरुद्ध सर्वोच्चमा रिट दर्ता

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले गरेको मन्त्रिपरिषद विस्तार विरुद्ध सर्वोच्च अदालतमा रिट दर्ता भएको छ । मन्त्रिपरिषद् विस्तारविरुद्ध वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठी, अधिवक्ता कञ्चनकृष्ण न्यौपानेलगायतका कानुन व्यवसायीले सर्वोच्च अदालतमा रिट दर्ता गराएका हुन् । उनीहरुले अहिलेको सरकार कामचलाउ हैसियतको रहेको र मन्त्रिपरिषद विस्तार गर्नु संविधान विपरीत हुने भन्दै...

बागमती प्रदेशमा ७ महिनादेखि स्वास्थ्यकर्मीहरु जोखिम भत्ताबाट वञ्चित

मकवानपुर । बागमती प्रदेशमा कार्यरत स्वास्थ्यकर्मीले विगत ७ महिनादेखि जोखिम तथा प्रोत्साहन भत्ता प्राप्त गर्न सकेका छैनन् । प्रदेशका विभिन्न अस्पतालमा कार्यरत स्वास्थ्यकर्मीले बागमती प्रदेश सरकारले बजेटमा व्यवस्था गरेअनुसार जोखिम भत्ता गत मंसिर यता पाउन सकेका छैनन् । कोरोना संक्रमणको दोस्रो लहर सुरु भएको ३ महिना अवधि भइसक्दा समेत...