बागमती प्रदेशः सरकारको निर्णय फिर्ता नभए आन्दोलन गर्ने चेतावनी

तु खबर संवाददाता
२०७८ असार ५, शनिबार १५:१२

मकवानपुर । नेपाल पत्रकार महासंघ बागमती प्रदेश समितिले प्रदेश सरकार विरुद्ध आन्दोलन गर्ने चेतावनी दिएको छ ।

महासंघले प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०७८/०७९ को बजेटमा प्रदेशमा आफ्नै संचार गृह संचालन गर्न बजेट विनियोजन गरेको फिर्ता नलिए चरणवद्ध रुपमा आन्दोलन गर्ने चेतावनी दिएको हो ।

शनिवार नेपाल पत्रकार महासंघको बागमती प्रदेश समितिको आयोजनामा बागमती प्रदेश सरकारको बजेट र त्यसमा समेटिएका संचार क्षेत्र सम्बन्धी विषयहरुमा भर्चुअल अन्तरक्रिया गर्दै उक्त निर्णय फिर्ता नभए चरणवद्ध आन्दोलन गर्ने घोषण गरेको हो ।

अन्तरक्रिया कार्यक्रममा प्रदेश सरकार संचारमैत्री नभइ स्वतन्त्र प्रेस विरोधी नीतिहरु ल्याएको भन्दै उक्त नीतिहरु कार्यान्वयन हुन नदिन दवावमुलक कार्यक्रमहरु संचालन गर्नुपर्ने सहभागिहरुले जोड दिए ।

सरकारी संचार माध्यमहरुलाई पूर्ण सम्पादकीय स्वतन्त्रता सहित सार्वजनिक प्रशारण सेवाका रुपमा विकसित गर्ने बहस चलिरहेका बेला प्रदेश सरकारले आमसंचार गृह स्थापना गर्ने नीति अख्तियार गरेको प्रति महासंघको गम्भीर आपत्ती रहेको बताए ।

बागमती प्रदेश सरकाराले गत असार १ गते सार्वजनिक गरेको सरकारको आवको बजेट वक्तव्यमा आफ्नै संचार गृह स्थापनाका लागि १० करोड रुपैयाँ बजेट विनियोजन गरिएको घोषणा गरेको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*