गण्डकी प्रदेशः मुख्यमन्त्रीले आज विश्वासको मत लिँदै

तु खबर संवाददाता
२०७८ असार ४,शुक्रबार ०८:४५

काठमाडौं । गण्डकी प्रदेशका नवनियुक्त मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले आज विश्वासको मत लिँदै छन्।

मुख्यमन्त्री पोखरेलले शुक्रबार बिहान ११ बजे बस्ने प्रदेशसभा बैठकमा विश्वासको मत लिन लागेको गण्डकी सरकारका प्रवक्ता कुमार खड्काले जानकारी दिए।

एमाले संसदीय दलका नेता पृथ्वी सुब्बा गुरुङले विश्वासको मत लिन नसकेपछि प्रदेश प्रमुख सीता पौडेलले प्रदेश सभामा आफ्नो पक्षमा बहुमत रहेको दावी पेश गरेका कांग्रेस संसदीय दलका नेता पोखरेललाई गत जेठ २९ गते मुख्यमन्त्रीमा नियुक्त गरेकी थिइन ।

संविधानको धारा १६८ (५) अनुसार मुख्यमन्त्रीमा नियुक्त भएका उनले ३० दिनभित्र विश्वासको मत लिनुपर्छ । मुख्यमन्त्री पोखरेललाई काँग्रेससहित, माओवादी केन्द्र, राष्ट्रिय जनमोर्चा, जनता समाजवादी पार्टी र एक जना स्वतन्त्रसहित ३१ जना सांसदको समर्थन छ। गण्डकी प्रदेशसभामा हाल ५९ जना प्रदेशसभाका सदस्यहरु छन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*