बागमती प्रदेशका आफु निकट नेतासँग देउवाको छलफल सुरु

तु खबर संवाददाता
२०७८ असार ६,आईतवार १०:००
file-photo

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आइतबार आफु निकटका नेताहरुसँग छलफल सुरु भएको छ । फेरि पनि पार्टी सभापतिको उम्मेदवार बन्ने तयारीमा रहेका सभापति देउवाले आज बागमती प्रदेशका आफु निकट नेताहरुसँग छलफल गरेका हुन् ।

बुढानीलकण्ठस्थित देउवा निवासमा जारी छलफलमा कृष्णप्रसाद सिटौला पक्षका नेता शिव हुमागाइँ पनि सहभागी रहेको देउवाको सचिवालयले जनाएको छ ।

उनको सचिवालयका अनुसार, बागमती प्रदेशका नेताहरुसँग छलफल सकेर देउवा आइतबारै गण्डकी प्रदेशका नेताहरुसँग छलफल गर्ने तयारी रहेको छ ।

यसअघि प्रदेश १ र २ का नेताहरुसँग छलफल गरेका थिए ।

हालसम्मको छलफलमा देउवाले आसन्न १४ औं महाधिवेशनमा आफू उम्मेदवार बन्ने भन्दै धेरैभन्दा धेरै महाधिवेशन प्रतिनिधि जुटाउन आग्रह गर्दै आएका छन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*