राजनीति/ समाज

एमालेले पार्टी एकता जोगाउन अन्तिमसम्म प्रयास गर्ने

काठमाडौं । पार्टी एकता जोगाउन नेकपा एमालेको नेतृत्व तहले अन्तिमसम्म प्रयास जारी राख्ने जनाएको छ । मंगलबार बसेको स्थायी समिति बैठकले पार्टी एकता बचाउन अन्तिम अवस्थासम्म प्रयास जारी राख्दै लचकता अपनाउने निर्णय गरेको हो । त्यस्तै उक्त बैठकमा नेकपा एमालेभित्र भइरहेका राजनितिक अवस्थाको बारेमा समिक्ष भएको जनाइएको छ ।...

सरकारमाथि भइरहेको आक्रमण रोक्न प्रधानमन्त्री ओलीको युवा संघलाई निर्देशन

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारमाथि भइरहेको आक्रमण रोक्न युवा संघलाई निर्दशन दिएका छन् । सोमबार एमालेनिटक युवा संघको वैठकलाई सम्बोधन गर्दै सो पार्टीका अध्यक्ष समेत रहेका प्रधानमन्त्री ओलीले सरकारलाई चारैतिरबाट आक्रमण भएकाले त्यसलाई रोक्न युवा संघका कार्यकर्तालाई निर्देशन दिएका हुन् । निर्वाचनका लागि सरकारले घटिया काम नगर्ने...

राष्ट्रियसभा सदस्यमा नेपाली काँग्रेसका पाण्डेय निर्वाचित

बुटवल । राष्ट्रियसभामा रिक्त एक पदको लागि लुम्बिनीमा आज भएको निर्वाचनमा नेपाली काँग्रेसका उम्मेदवार दृगनारायण पाण्डेय निर्वाचित भएका छन् । पाण्डेयलाई माओवादी केन्द्र, जनता समाजवादी र राष्ट्रिय जनमोर्चाको समर्थन थियो । पाण्डेय ४ हजार १ सय ४० मतभारसहित विजयी भएका छन् भने उनका प्रतिद्वन्द्वी नेकपा एमालेका उम्मेदवार चन्द्रबहादुर खड्का...

लुम्बिनीमा राष्ट्रियसभा निर्वाचन आज हुँदै

लुम्बिनी । राष्ट्रियसभामा रिक्त एक पदको लागि लुम्बिनीमा आज उपनिर्वाचन हुँदैछ । माओवादी केन्द्रबाट विजयी अर्घाखाँचीका चन्द्रबहादुर खड्कालाई सो दलले कारवाही गरेपछि यो पद रिक्त भएको थियो । राष्ट्रियसभा उपनिर्वाचनमा दुई जना उम्मेदवार चुनावी प्रतिस्पर्धामा छन् । नेपाली काँग्रेस, माओवादी केन्द्र, जनता समाजवादी र राष्ट्रिय जनमोर्चाबाट दृगनारायण पाण्डेय उम्मेदवार...

बागमती प्रदेशसभा बैठक भोलीसम्मका लागि स्थगित

मकवानपुर । प्रदेशसभाका सदस्य पशुपतिप्रसाद चौँलागाईको निधन प्रति शोक प्रस्ताव पारित गर्दै बागमती प्रदेशसभाको बैठक स्थगित भएको छ । बागमती प्रदेशसभाको आज बसेको ८ औं अधिवेशन बैठकले प्रदेशसभाका सदस्य चौँलागाईको निधन प्रति शोक प्रस्ताव पारित गरेको हो । बैठकले दोलखा जिल्ला निर्वाचन क्षेत्र नम्बर २ बाट निर्वाचित प्रदेशसभा सदस्य...

एमालेको स्थायी समिति बैठक बस्दै

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले नेकपा एमालेको स्थायी समिति बैठक बोलाएको छ । पार्टीका अन्तरीक विषयमा छलफलमा गर्न आइतबार साँझ ५ बजेका लागि स्थायी समिति बैठक बोलाएको हो । बैठकले माधव नेपाल पक्षका १२ नेतालाई सोधेको स्पष्टीकरणबारे बैठकमा छलफल हुने जनाइएको छ । नेकपा एमालेको माधव नेपाल समुहका...

देश र जनतालाई दीर्घकालिन असरपर्ने काम नगर्न सरकारलाई चेतावनी

काठमाडौं । सरकारलाई देश र जनताप्रति दीर्घकालिन असरपर्ने कुनैपनि कार्य नगर्न विपक्षी गठबन्धनले चेतावनी दिएको छ । आइतबार नेपालीका सभापति कांग्रेस शेरबहादुर देउवा निवास बुढानिलकण्ठमा बसेको विपक्षी गठबन्धनको बैठकले सरकारलाई संविधान र लोकतान्त्र विपरित कुनैपनि काम कारवाही नगर्न चेतावनी दिएको हो । बैठकले राज्यका सबै निकायलाई सरकारको संविधान विपरीत...

पत्रकारलाई सरकारी अस्पतालमा निशुल्क उपचार घोषणा

काठमाडौं । सरकारले पत्रकारलाई सरकारी अस्पतालहरुमा निशुल्क उपचार गर्ने घोषणा गरेको छ । नेपाल पत्रकार महासंघको सदस्य रहेका पत्रकारहरुलाई निशुल्क स्वास्थ्य उपचार गर्ने घोषणा अर्थमन्त्री बिष्णु पौडेलले बजेटमार्फत् गरेका छन् । प्रेस काउन्सिलले जारी गरेको उपचार सुविधा परिचयपत्रको आधारमा निशुल्क उपचार मिलाइने भएको छ । त्यसैगरी श्रमजीवी पत्रकारको लागि...

परिवार दलद्वारा गणतन्त्र दिवशको शुभकामना

काठमाडौं । नेपाल परिवार दलका अध्यक्ष एवम् पूर्व मन्त्री एकनाथ ढकालले १४ औँ गाणतन्त्र दिवशको अवसरमा शुभकामना सन्देश दिँदै नयाँ संविधानले ग्रामीण क्षेत्रका नेपालीको मुहारमा खुसी छर्न सक्नु पर्ने बताएका छन् । नेपाली जनताको अथक प्रयास र बलिदानबाट प्राप्त भएको उपलब्धी संस्थागत हुने त्रममा रहेको बताउँदै अध्यक्ष ढकालले गणतन्त्रपछि...

प्रतिगामीविरुद्ध एकता अवश्यक : अध्यक्ष प्रचण्ड

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रतिगामीविरुद्धको एकता आवश्यक रहेको बताएका छन् । गणतन्त्र दिवशको अवसरमा शुभकामना सन्देश दिँदै अध्यक्ष प्रचण्डले प्रतिगामी तत्व विरोधी सम्पूर्ण लोकतन्त्रवादी शक्तिहरुबीच सुदृढ राष्ट्रिय एकता आवश्यक रहेको बताएका हुन् । नेपाली जनताको ठूलो त्याग र बलिदानबाट गणतन्त्रको स्थापना भएको स्मरण गर्दै...