प्रदेशसभा सदस्य वैद्यको अभिव्यक्ति आपराधिक : नेकपा एमाले

आत्मआलोचना गर्न नेता बानियाँको निर्देशन
तु खबर संवाददाता
२०७८ जेष्ठ २९, शनिबार १०:१४

हेटौंडा । बागमती प्रदेशसभा सदस्य नरोत्तम वैद्यले प्रदेशसभा बैठकमा दिएको अभिव्यक्तिलाई लिएर नेकपा एमालेले उनलाई कारवाही गर्न माग गरेको छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीलाई हत्या गर्ने भनी दिएको धम्कीलाई अपराधिक, अत्यन्त आपत्तिजनक भएको एमाले प्रवक्ता प्रदीप ज्ञवालीले जारी गरेको विज्ञप्तीमा उल्लेख छ ।

नेकपा एमालेले प्रदेशसभा सदस्य वैद्यको अभिव्यक्तिको भर्त्सना समेत गरेको छ । यो विषय फौजदारी कानून आकर्षिक हुने विषय भएको एमालेले जनाएको छ ।

एमालेका प्रवक्ता प्रदीप ज्ञवालीले जारी गरेको विज्ञप्तिमा भनिएको छ – बागमती प्रदेशसभाको हिजोको बैठकमा एकजना सदस्यले सम्माननीय प्रधानमन्त्री श्री केपी शर्मा ओलीको हत्या गर्न दिएको धम्कीलाई नेकपा एमाले ले अत्यन्त गम्भीर रुपमा लिएको छ । प्रधानमन्त्रीको हत्याका लागि अरुलाई समेत दुरुत्साहन गर्ने र आवश्यक परे आफै पनि हत्याका लागि तयार रहेको निजको अभिव्यक्ति आपराधिक, अत्यन्त आपत्तिजनक र निन्दनीय छ ।

बागमती प्रदेश सरकारले प्रस्तुत गरेको नीति तथा कार्यक्रम सम्बन्धमा प्रदेशसभामा छलफल सुरु भएपछि प्रदेशसभा सदस्य बैद्यले राखेको धारणाले अहिले नेपालको राजनीति नै तरंगित भएको छ ।

नेपाली काँग्रेस संसदीय दलका नेता इन्द्र बानियाँले पनि बैद्यलाई तत्काल यो विषयमा आत्म आलोचना गर्न निर्देशन दिएका छन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*