‘धिकार छ सरकार भन्न मन लाग्यो’
मकवानपुर । बागमती प्रदेशसभा सदस्य कुमारी मोक्तानले प्रदेश सरकारले कोभिड–१९ का लागि ठोस कार्यक्रम ल्याउनुपर्नेमा जोड दिएकी छन् । उनले सरकारले ल्याएको नीति तथा कार्यक्रममाथि छलफल गर्न प्रदेशसभामा भएको बैठकमा सहभागी हुँदै सो कुरामा जोड दिएकी हुन् ।
उनले हाल किसानहरु मलको हाहाकारमा रहेको बताउँदै प्रदेश सरकारले यसको व्यवस्था गर्नुपर्ने बताइन् ।
उनले भने, ‘हाल यतिधेरै किसानहरु हाहाकारमा छन् । सरकारले ल्याएको नीति तथा कार्यक्रममा कृषिको विषयमा हराभरा, हरियाली भनि राखेको छ । तर, अहिले मल छैन, बिउ छैन, भखरैको मकैमा किरा लागिरहेको छ । किटनाशक औषधी छैन । त्यसको व्यवस्था गर्नुपर्छ की नाई ? यी सबैकुरा देख्दा मलाई भन्न मन लाग्यो ‘धिकार छ सरकार भन्न मन लाग्यो’धिकार छ सरकार ।’
उनले भने, ‘हामीले नीति तथा कार्यक्रममा लेख्दिए हुने, नारा भन्दिए हुने हो भने अहिलेसम्मको कार्यक्रममा समिक्षा गरेर हामीले उपलब्धी के पायौं । जनताले के आशा गरेको थियो । हामीले के गर्न सफल भयौं भन्ने कुरा यो सरकारले महसुस गर्न सकेको छैन ।’
उनले थपे, ‘नीति तथा कार्यक्रममा जनतालाई हामीले के दिन सक्यौं । छैन कही पनि । तर, यदी गर्नै नपर्ने हो भने म त यो सबै नारालाई एक ठाउँमा राखेर गीत बनाएर बजाइदिन्छु । जनताले सुनिरहन्छ । अनि सुतिरहन्त र सरकार चलाइरहन्छ हेरिरहन्छ । यती भए पुग्छ ।’
उनले आफ्नो दलले समेटियोस् भनेर केही प्रस्ताव राखेको बताउँदै उक्त प्रस्ताव नीति तथा कार्यक्रममा समेटियोस् होईन भने यो नीति तथा कार्यक्रममाथि समर्थन हुन नसक्ने बताइन् ।
