नीति तथा कार्यक्रम हावाले भरिएको बेलुङ जस्तो देखिन्छः छिन्तु
मकवानपुर । बागमती प्रदेशसभा सदस्य प्रेमबहादुर पुलामी (छिन्तु) ले सरकारले ल्याएको नीति तथा कार्यक्रम हावाले भरिएको बेलुङ जस्तो देखिने बताएका छन् ।
उनले शुक्रबार बसेको प्रदेशसभा बैठकमा नीति तथा कार्यक्रम एकदमै महत्वकांक्षी र कर्मकाण्ड रहेकोले यसो हेर्दा यो हावाले भरिएको बेलुङ जस्तो देखिने बताएका हुन् ।
उनले थपे यसमा नयाँपन र परिवर्तन हुनेखालकोे कुनै पनि विषयवस्तु नदेखिएकोले प्रदेश प्रमुख र मन्त्रीहरुलाई नीति तथा कार्यक्रम नेष्ट लेवलमा लैजान आग्रह गरे ।
उनले नीति तथा कार्यक्रमले लक्ष्य भेटाउन सक्ने स्रोत ठोठ रुपमा ग्रहण गर्न नसकेको पनि उल्लेख गरे ।
उनले भने, ‘सरकारको बिहिबार प्रस्तुत गरेको नीति तथा कार्यक्रममा कृषिको कुरा पनि जोडिएको छ । म प्रश्न गर्न चाहान्छु किसानलाई मल कहिले आउछ सरकार ? अहिले मकवानपुर जिल्लामा ८ लाख मल माग्दा ३ लाख मल मुस्किलले प्राप्त गरेको छ । २ बोरा मल लिन गएका किसान भोलामा ४ किलो मल बोकेर हिडेको छ ।’
