प्रदेशसभा बैठकमा वैद्यले गरे आत्मआलोचना

तु खबर संवाददाता
२०७८ जेष्ठ २९, शनिबार १२:२२

हेटौंडा । बागमती प्रदेशसभा सदस्य नरोत्तम वैद्यले प्रधानमन्त्री केपी शर्मा ओलीका विषयमा आफूले व्यक्त गरेको धारणाप्रति आत्म आलोचना गरेका छन् ।

सरकारको नीति तथा कार्यक्रममाथि आफ्नो धारणा राख्दै प्रदेशसभा सदस्य वैद्यले नाथुराम गोट्सेसँगको प्रसंग जोड्दै प्रधानमन्त्रीमाथि टिप्पणी गरेका थिए । उनको टिप्पणीपछि त्यसको सवत्र्र विरोध भएको थियो । नेपाली काँग्रेस संसदीय दलका नेता इन्द्र बानियाँले हिजै वैद्यलाई संसदीय मर्यादा विपरित धारणा राखेको आत्म आलोचना गर्न निर्देशन दिएका थिए भने नेकपा एमालेले वैद्यलाई कारवाही गर्नुपर्ने माग राखेको थियो ।

आज शनिबारको प्रदेशसभा बैठकमा बोल्दै वैद्यले आफूले प्रधानमन्त्री केपी ओलीको प्रवृत्तिबाट आजित भएका कारण आवेगमा उक्त शव्दहरु प्रस्तुत भएको भन्दै वैद्यले आत्मआलोचना गरेका हुन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*