राजनीति/ समाज

साउनभित्र खोप लगाउन पौड्यालले राखेको संशोधन प्रस्ताव अस्वीकृत

हेटौंडा । प्रदेशसभा सदस्य रमेश पौड्यालले आउँदो साउन महिनाभित्र प्रदेशका खोप लगाउन योग्य सबै नागरिकलाई खोप लगाउन पर्ने भनी राखेको संशोधन प्रस्ताव बहुमतले अस्वीकृत भएको छ । जेठ २७ गते बागमती प्रदेश सरकारले प्रस्तुत गरेको वर्षिक नीति तथा कार्यक्रममा प्रदेश प्रमुख कोभिड–१९ खोप अभियान चलाउने उल्लेख थियो । सो...

दोलखा अस्पताललाई पशुपति चौलागाई स्मृति अस्पताल बनाइने मुख्यमन्त्रीको भनाई

मकवानपुर । बागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले दोलखाको चरिकोटमा रहेको अस्पताललाई पशुपति चौलागाई स्मृति अस्पलताको नाममा नामाकरण गर्न प्रदेश सरकारले आवश्यक काम गर्ने बताएका छन् । मुख्यमन्त्री पौडेलले शनिबार बसेको प्रदेशसभा बैठकमा सरकारको नीति तथा कार्यक्रममाथि सांसदहरुले उठाएको प्रश्नको जवाफ दिँदै सो कुरा बताएका हुन् । शुक्रबार बसेको प्रदेशसभा...

प्रदेशसभा बैठकमा वैद्यले गरे आत्मआलोचना

हेटौंडा । बागमती प्रदेशसभा सदस्य नरोत्तम वैद्यले प्रधानमन्त्री केपी शर्मा ओलीका विषयमा आफूले व्यक्त गरेको धारणाप्रति आत्म आलोचना गरेका छन् । सरकारको नीति तथा कार्यक्रममाथि आफ्नो धारणा राख्दै प्रदेशसभा सदस्य वैद्यले नाथुराम गोट्सेसँगको प्रसंग जोड्दै प्रधानमन्त्रीमाथि टिप्पणी गरेका थिए । उनको टिप्पणीपछि त्यसको सवत्र्र विरोध भएको थियो । नेपाली...

वैद्यको अभिव्यक्तिविरुद्ध ओली पक्षका विद्यार्थीको प्रदर्शन

हेटौंडा । बागमती प्रदेशका प्रदेशसभा सदस्य नरोत्तम वैद्यले हिजो प्रदेशसभामा व्यक्त गरेको अभिव्यक्ति विरुद्ध आज प्रदेशसभा अगाडि नेकपा एमाले ओली पक्षका विद्यार्थीहरुले प्रदर्शन गरेका छन् । आज बिहान हेटौंडाको बुद्धचोकबाट नारा जुलुस सहित विद्यार्थीहरु प्रदेशसभा अगाडि पुगेका छन् । बिहानैदेखि उनीहरुले वैद्यलाई कारवाहीको माग गर्दै प्रदर्शन गरिरहेका छन् ।...

प्रदेशसभा सदस्य वैद्यको अभिव्यक्ति आपराधिक : नेकपा एमाले

हेटौंडा । बागमती प्रदेशसभा सदस्य नरोत्तम वैद्यले प्रदेशसभा बैठकमा दिएको अभिव्यक्तिलाई लिएर नेकपा एमालेले उनलाई कारवाही गर्न माग गरेको छ । प्रधानमन्त्री केपी शर्मा ओलीलाई हत्या गर्ने भनी दिएको धम्कीलाई अपराधिक, अत्यन्त आपत्तिजनक भएको एमाले प्रवक्ता प्रदीप ज्ञवालीले जारी गरेको विज्ञप्तीमा उल्लेख छ । नेकपा एमालेले प्रदेशसभा सदस्य वैद्यको...

‘धिकार छ सरकार भन्न मन लाग्यो’

मकवानपुर । बागमती प्रदेशसभा सदस्य कुमारी मोक्तानले प्रदेश सरकारले कोभिड–१९ का लागि ठोस कार्यक्रम ल्याउनुपर्नेमा जोड दिएकी छन् । उनले सरकारले ल्याएको नीति तथा कार्यक्रममाथि छलफल गर्न प्रदेशसभामा भएको बैठकमा सहभागी हुँदै सो कुरामा जोड दिएकी हुन् । उनले हाल किसानहरु मलको हाहाकारमा रहेको बताउँदै प्रदेश सरकारले यसको व्यवस्था...

गाँजा खेतीलाई सरकारले नीति तथा कार्यक्रममा समावेश गर्नुपर्छः सांसद् स्थापित

मकवानपुर । सत्तारढ दल नेकपा एमाले तथा बागमती प्रदेशसभा सदस्य केशव स्थापितले बागमती प्रदेश सरकारले प्रदेशमा गाँजा खेतीलाई अनुमती प्रदान गर्नुपर्ने बताएका छन् । बागमती प्रदेशसभाको आज बसेको बैठकमा प्रदेश सरकारको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममाथि भएको छलफलमा सहभागी हुँदै सांसद् स्थापितले प्रदेश सरकारले संसदमा दर्ता भएको गाँजा...

नीति तथा कार्यक्रम हावाले भरिएको बेलुङ जस्तो देखिन्छः छिन्तु

मकवानपुर । बागमती प्रदेशसभा सदस्य प्रेमबहादुर पुलामी (छिन्तु) ले सरकारले ल्याएको नीति तथा कार्यक्रम हावाले भरिएको बेलुङ जस्तो देखिने बताएका छन् । उनले शुक्रबार बसेको प्रदेशसभा बैठकमा नीति तथा कार्यक्रम एकदमै महत्वकांक्षी र कर्मकाण्ड रहेकोले यसो हेर्दा यो हावाले भरिएको बेलुङ जस्तो देखिने बताएका हुन् । उनले थपे यसमा...

हेटौँडालाई कुन मापदण्डमा लैजाने ? –मुनु सिग्देल

मकवानपुर । बागमती प्रदेशसभा सदस्य एवम् तत्कालिन नेकपा एमालेकी अध्यक्ष मुनु सिग्देलले बागमती प्रदेशको राजधानी हेटौँडालाई कुन मापदण्डमा लैजाने हो भन्ने किटान गर्न प्रदेश सरकारलाई प्रश्न गरेकी छन् । शुक्रबार नीति तथा कार्यक्रममाथि छलफल गर्न बसेको प्रदेशसभा बैठकमा नेतृ सिग्देलले  प्रदेश सरकालाई प्रश्न गरेकी हुन् । नेतृ सिग्देलले भनिन्,...

‘प्रदेशका कानून सबैले जानुन्’ भन्ने नारा हाँस्यास्पदः रमेश पौड्याल

मकवानपुर । विवेकशिल साझा पाटी बागमती प्रदेशका संसदीय दलका नेता रमेश पौड्यालले सरकारले ल्याएको नीति तथा कार्यक्रममा ल्याएको ‘प्रदेशका कानून सबैले जानुन्’ भन्ने नारा हाँस्यास्पद रहेको बताएका छन् । नेता पौडेलले आज नीति तथा कार्यक्रमबारे छलफल गर्न बसेको प्रदेशसभा बैठकमा अब प्रदेश सरकारले नागरिकलाई कानून पढाउन थालेजस्तो देखिएको भन्दै...