दक्ष जनशक्तिको उत्पादन गर्नु आजको आवश्यकताः प्रधानमन्त्री

तु खबर संवाददाता
२०७८ असार १४, सोमबार १८:४२

मकवानपुर । प्रधानमन्त्री केपी शर्मा ओलीले देशका लागि योगदान दिन सक्ने दक्ष जनशक्ति उत्पादन गर्नु आजको आवश्यकता भएको बताएका छन् ।

मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठान बागमती प्रदेशको शैक्षिक कार्यक्रमको आज शुभारम्भ गर्दै प्रधानमन्त्री ओलीले स्व.नेता मदन भण्डारीको प्रतिभाको प्रतिनिधित्व गर्ने दक्ष जनशक्ति उत्पादनमा मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठान सक्रिय हुनुपर्ने बताएका हुन् ।

उनले यस प्रतिष्ठानले कोरोना महामारी तथा अन्य महामारी जन्य रोग र विपद्मासमेत योगदान गर्न सक्ने दक्ष जनशक्तिको उत्पादन गर्नुपर्ने अवस्था आजको आवश्यकता भएको बताए ।

प्रधानमन्त्रीओलीले देशवासी आम नागरिकले ‘समृद्ध नेपाल सुखी नेपाली’ निर्माण्का महाअभियानमा आफ्नो क्षेत्रबाट सक्दो योगदान गर्नुसमेत आग्रह गरे ।

चिकित्सा पद्धतिका सबै विधको प्रयोग गरी आम नागरिकलाई गुणस्तरीय स्वास्थ्य सेवा प्रदान गर्ने लक्ष्यका साथ सरकारले हामियोपेथिक, एलोपेथिक र आयुर्वेदिक चिकित्सा सेवालाई समेत प्राथमिकताका साथ अघि बढाएको उनले स्पष्ट पारे ।

प्रधानमन्त्री ओलीले नेपाल प्राकृतिक जडिबुट्टीको केन्द्र भएका कारण औषधि उत्पादनको क्षेत्रमा समेत ठुलो सम्भावना रहेकाले यसको विकासमा सरकारले आवश्यक योजना प्रस्तुत गर्ने दृढता व्यक्त गरे ।

प्रतिष्ठानले स्थापनाको छोटो अवधिका ठुलो सफलता प्राप्त गरेको भन्दै उनले उक्त सक्रियतालाई गुणस्तरीय शिक्षा, स्वास्थ्य सेवा र अनुसन्धानको क्षेत्रमा प्रयोग गरी परिणाम देखिने गरी काम गर्न सबैमा आग्रह गरे ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*