राजनीति/ समाज
बागमती प्रदेशः सरकारको निर्णय फिर्ता नभए आन्दोलन गर्ने चेतावनी
मकवानपुर । नेपाल पत्रकार महासंघ बागमती प्रदेश समितिले प्रदेश सरकार विरुद्ध आन्दोलन गर्ने चेतावनी दिएको छ । महासंघले प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०७८/०७९ को बजेटमा प्रदेशमा आफ्नै संचार गृह संचालन गर्न बजेट विनियोजन गरेको फिर्ता नलिए चरणवद्ध रुपमा आन्दोलन गर्ने चेतावनी दिएको हो । शनिवार नेपाल पत्रकार महासंघको...
नेता बानियाँद्वारा हेटौंडाको दुई वडामा खाद्यान्न सहयोग
मकवानपुर । नेपाली कांग्रेस बागमती प्रदेश संसदीय दलका नेता एवम् कांग्रेस मकवानपुरका सभापति ईन्द्रबहादुर बानियाँले हेटौंडा उपमहानगरपालिकाका दुई वडामा रहेको ६ सय ८० घरपरिवारलाई खाद्यान्न सामाग्री वितरण गरेका छन् । नेता बानियाँले कोरोना माहामारीका कारण भोकमरीमा परेका हेटौंडा उपमहानरपालिका १४ र १५ नम्बर वडाका ६ सय ८० घरपरिवारलाई खाद्यान्न...
बागमती प्रदेशले ६ अस्पताललाई साढे २ करोड उपलब्ध गराउने
मकवानपुर । बागमती प्रदेश सरकारले मातहतका ६ वटा अस्पताललाई कोरोना नियन्त्रण र उपचारका लागि २ करोड ५५ लाख रुपैयाँ उपलब्ध गराउने भएको छ । प्रदेश विपद् व्यवस्थापन निर्देशक समितिको बिहीबारको बैठकले कोरोना संक्रमण रोकथाम, नियन्त्रण तथा उपचार कोषबाट सामाजिक विकास मन्त्रालयमार्फत ६ जिल्ला अस्पताललाई उक्त रकम उपलब्ध गराउने निर्णय गरेको...
बागमती प्रदेश सहकारी बिकास बोर्डको उपाध्यक्षमा देबकोटा
मकवानपुर । बागमती प्रदेश सहकारी बिकास बोर्डको कार्यकारी उपाध्यक्ष पदमा नारायण देबकोटा नियुक्त भएका छन् । देबकोटा बागमती प्रदेशको मन्त्रीपरिषदको निर्णय अनुसार कार्यकारी उपाध्यक्ष पदमा नियुक्त भएका हुन् । २०५० सालबाट सहकारी अभियानमा निरंतर क्रियाशील देबकोटा हाल राष्ट्रिय सहाकारी महासंघका केन्द्रिय संचालक र केन्द्रिय दुग्ध सहकारी संघका अध्यक्ष हुन्...
तरुणदल मकवानपुरगढी नदिजन्य पदार्थ बिक्री गर्न सहमत
मकवानपुर । तरूण दल मकवानपुरगढीले नदिजन्य पदार्थ उत्खनन गरेर जम्मा गरेको १० स्थानमध्ये २ स्थानको नदिजन्य पदार्थ बिक्रीका लागि सहमत भएको जनाएको छ । नदिजन्य पदार्थ उत्खननमा भएको अनियमितताबारे चरणबद्ध आन्दोलन गरिरहेको तरूण दलले गढीको २ स्थानको नदिजन्य पदार्थ विक्रिका लागि सहमत भएको हो । शुक्रबार तरूण मकवानपुरगढी गाउँपालिका...
गण्डकी प्रदेशः मुख्यमन्त्री पोखरेलले पाए विश्वासको मत
पोखरा । गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले विश्वासको मत पाएका छन् । शुक्रबार प्रदेशसभाको बैठकमा मुख्यमन्त्री पोखरेलले पेस गरेको विश्वासको मतसम्बन्धी प्रस्तावको पक्षमा ३१ मत खसेको हो । प्रस्तावको विपक्षमा २७ मत खसेको छ । प्रदेशसभा बैठकमा ५८ सांसद उपस्थित थिए । प्रदेशसभाका सभामुख नेत्रनाथ अधिकारीले विश्वासको मतसम्बन्धी...
गण्डकी प्रदेशः मुख्यमन्त्रीले आज विश्वासको मत लिँदै
काठमाडौं । गण्डकी प्रदेशका नवनियुक्त मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले आज विश्वासको मत लिँदै छन्। मुख्यमन्त्री पोखरेलले शुक्रबार बिहान ११ बजे बस्ने प्रदेशसभा बैठकमा विश्वासको मत लिन लागेको गण्डकी सरकारका प्रवक्ता कुमार खड्काले जानकारी दिए। एमाले संसदीय दलका नेता पृथ्वी सुब्बा गुरुङले विश्वासको मत लिन नसकेपछि प्रदेश प्रमुख सीता पौडेलले...
काँग्रेस अधिवेशन साउन १२ गतेदेखि हुने
काठमाडौं । नेपाली काँग्रेसको तल्लो तहको अधिवेशन आगामी साउन १२ गतेदेखि हुने भएको छ । यसअघि काँग्रेसको शनिबार सम्पन्न पदाधिकारी बैठकले साउन ६ गतेदेखि वडा तहबाट अधिवेशन थाल्ने प्रस्ताव पारित गरेकामा बिहीबार बसेको केन्द्रीय समिति बैठकले ६ दिन पर सार्दै साउन १२ गतेदेखि सुरु गर्ने तय गरेको हो ।...
आज नेपाली कांग्रेस केन्द्रीय कार्यसमिति बैठक बस्दै
काठमाडौं । नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक आज बस्दै छ । पार्टीका मुख्यसचिव कृष्णप्रसाद पौडेलका अनुसार आज दिउँसो २ बजे पार्टी केन्द्रीय कार्यालय सानेपामा केन्द्रीय कार्यसमिति बैठक बस्ने तयारी छ। उक्त बस्ने बैठकमा पार्टीको १४ औं महाधिवेशन कहिले र कसरी गर्ने भन्ने विषयमा केन्द्रित रहने एक नेताले जनाए ।...
सिन्धुपाल्चोलमा बाढीले ठूलो धनजनको क्षति पुर्याएकोप्रति कांग्रेस बागमतीद्वारा दुःख व्यक्त
मकवानपुर । नेपाली कांग्रेस बागमती प्रदेश संसदीय दलले असार १ गते परेको अविरल वर्षाका कारण प्रदेश अन्तरगत पर्ने सिन्धुपाल्चोक जिल्लाको मेलम्ची र ईन्द्रावती खोलामा आएको भिषण बाढीले ठूलो धनजनको क्षति तथा ५० जनाभन्दा बढी व्यक्ति सम्पर्कबिहिन भएकोप्रति दुःख व्यक्त गरेको छ । प्रदेश संसदीय दलका सचिव निमा लामाले बुधबार...









