राजनीति/ समाज
फेरि स्थगित भयो प्रदेश १ को बजेट अधिवेशन
मोरङ । प्रदेश नं १ को आठौँ तथा बजेट अधिवेशनको १५ औँ बैठक स्थगित भएको छ । निर्धारित समयभन्दा १५ मिनेट ढिलो गरी शुरु भएको बैठकमा प्रतिपक्ष नेकपा माओवादी (केन्द्र) समर्थक सांसदले उभिएर विरोध जनाएपछि सभामुख प्रदीपकुमार भण्डारीले बैठक स्थगित गरेका हुन् । सभामुख भण्डारीले प्रदेशसभाको बैठक असार २०...
मदनभण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानको शैक्षिक कार्यक्रम शुभारम्भ
मकवानपुर । मदनभण्डारी स्वास्थ्य विज्ञान प्रष्तिठान बागमती प्रदेशको शैक्षिक कार्यक्रम शुभारम्भ भएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले आज भिडियो कन्फेरेन्समार्फत उक्त शैक्षिक कार्यक्रमको उद्घाटन गरेका हुन् । हेटौंडामा भएको कार्यक्रमकोे जननेता मदनको ७० औँ जन्मजयन्तीका अवसरमा गरिएको हो । प्रतिष्ठानले स्वास्थ्य सम्बन्धी विभिन्न विषयमा स्नातक तहसम्म अध्यापन गराउन...
प्रतिष्ठान गठन गरी शैक्षिक कार्यक्रमको शुभारम्भ गर्न सफलः मुख्यमन्त्री पौडेल
मकवानपुर । बागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले देशमा नै पहिलो पटक प्रतिष्ठानको रुपमा मदनभण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठान गठन गरी शैक्षिक कार्यक्रमको शुभारम्भ गर्न सफल भएको बताएका छन् । आज मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानको शैक्षिक कार्यक्रम शुभारम्भ कार्यक्रममा सम्बोधन गर्दै प्रतिष्ठाका कुलपति समेत रहेका मुख्यमन्त्री पौडेलले संघीय सरकारको सात...
दक्ष जनशक्तिको उत्पादन गर्नु आजको आवश्यकताः प्रधानमन्त्री
मकवानपुर । प्रधानमन्त्री केपी शर्मा ओलीले देशका लागि योगदान दिन सक्ने दक्ष जनशक्ति उत्पादन गर्नु आजको आवश्यकता भएको बताएका छन् । मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठान बागमती प्रदेशको शैक्षिक कार्यक्रमको आज शुभारम्भ गर्दै प्रधानमन्त्री ओलीले स्व.नेता मदन भण्डारीको प्रतिभाको प्रतिनिधित्व गर्ने दक्ष जनशक्ति उत्पादनमा मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठान...
संसद विघटनविरुद्ध पाँच विद्यार्थी संगठनले ७७ वटै जिल्लामा प्रदर्शन गर्ने
काठमाडौं । संसद विघटनविरुद्ध पाँच विद्यार्थी संगठनले देशव्यापी रुपमा प्रदर्शन गर्ने भएका छन् । विघटनविरुद्ध नेपाल विद्यार्थी संघ, अनेरास्ववियू (क्रान्तिकारी), अनेरास्ववियु, समाजवादी विद्यार्थी युनियन र अखिलछैटौं लगायत पाँच विद्यार्थी संगठनका नेताहरुको देशव्यापी प्रदर्शन गर्ने भएका हुन् । सोमबार बिहान बसेको उक्त विद्यार्थी संगठनको बैठकले विघटन विरुद्ध सामूहिक प्रतिवाद गर्ने...
प्रतिनिधिसभा विघटनसम्बन्धी मुद्दामा रिट निवेदक पक्षको बहस सकियो
काठमाडौं । प्रतिनिधिसभा विघटनसम्बन्धी मुद्दामा रिट निवेदक पक्षको बहस आइतबार सकिएको छ । असार ९ गतेदेखि सुरु भएको रिट निवेदक शेरबहादुर देउवासहित १४६ सांसदको तर्फको बहस चार दिनमा आज सकिएको हो । बहसमा ३६ जना कानुन व्यवसायीले बहस गरेका थिए । प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरा, न्यायाधीशहरु दीपककुमार कार्की, मीरा खड्का,...
नेकपा एमालेः दशौं राष्ट्रिय महाधिवेशन आयोजक कमिटी खारेज गर्ने तयारी
काठमाडौं । नेकपा एमालेले दशौं राष्ट्रिय महाधिवेशन आयोजक कमिटी खारेज गर्ने तयारी गरेको छ । नेकपा एमालेको आइतबार बालुवाटामा बसेको स्थायी कमिटी बैठकले गत २८ फागुनमा बनाइएको महाधिवेशन आयोजक कमिटी खारेज गर्ने तयारी गरेको हो । स्थायी कमिटी सदस्य किरण गुरुङका अनुसार, उक्त महाधिवेशन आयोजक कमिटी खारेज गर्नकै निम्ति...
पदमुक्त भएका मन्त्रीहरूले २० दिनको तलब पाउने
काठमाडौं । सर्वोच्च अदालतले पदमुक्त गरेका २० मन्त्रीहरूले २० दिनको तलब पाउने भएका छन् । महिना दिन नपुग्दै सर्वोच्च अदालतको आदेशका कारण पदमुक्त भएका २० मन्त्रीहरूले २० दिनको तलब पाउने भएका हुन् । पदमुक्त भएका २० मन्त्रीहरूमध्ये केहीले १८ दिन काम गरेका थिए भने केहीले १२ दिन मात्रै काम...
अखिल क्रान्तिकारी मकवानपुरद्वारा रक्तदान कार्यक्रम
मकवानपुर । तत्कालिन नेपाल कम्युनिस्ट पार्टी (नेकपा) निकट अखिल (क्रान्तिकारी) मकवानपुरको आयोजना आज बिहान रक्तदान कार्यक्रम सम्पन्न भएको छ । कोभिड १९ महामारीको कठिन परिस्थितिका बावजुत पनि आज बिहान मकवानपुर बहुमुखी क्याम्पसमा रक्तदान कार्यक्रम सम्पन्न भएको हो । उक्त कार्यक्रममा ४५ जनाले रक्तदान गरेका थिए । उक्त रक्तदान कार्यक्रम...
मदन भण्डारी स्वास्थ्य विज्ञानको शैक्षिक कार्यक्रम भोलीदेखि, प्रधानमन्त्रीद्वारा सम्बोधन
मकवानपुर । मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठान बागमती प्रदेशले असार १४ गतेबाट आफ्नै शैक्षिक कार्यक्रम शुरु हुने भएको छ । स्व. मदन भण्डारीको जन्म जयन्तीको अवसर पारेर उक्त शैक्षिक कार्यक्रमको शुरु गर्ने भएको मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानले जनाएको छ । प्रतिष्ठानका रजिष्ट्रार राजेश प्रसाईका अनुसार, उक्त शैक्षिक कार्यक्रमको...








