माओवादी र कांग्रेस बहुमतको सरकार ढालेर संघीयता संकटमा पार्न चाहान्छन् –प्रमुख सचेतक निरौला

तु खबर संवाददाता
२०७८ असार २४, बिहीबार १७:४८

मकवानपुर । सत्तारुढ दल नेकपा एमाले बागमती प्रदेशका प्रमुख सचेतक दिपक निरौलाले माओवादी र कांग्रेस संघीयता ढलाउन लागि परेको बताएका छन् । प्रदेशसभाको बैठक लगातार अवरुद्ध पारेर प्रदेश सरकार ढलाउँन कांग्रेस र माओवादी लागि परेको उनको आरोप छ ।

बहुमतको प्रदेश सरकार ढल्दा संघीयता नै संकटमा पर्ने उनको भनाई छ ।

तु खबरसंग कुराकानी गर्दै माओवादी केन्द्र र नेपाली कांग्रेसले केन्द्रीय राजनीतिको असर प्रदेशसम्म सारेर प्रदेश सरकारको बजेट पास गर्न नदिने र प्रचण्ड र शेरबहादुर देउवाको नेतृत्वमा संघीयता नै घरापमा पार्ने काम गरिरहेको उनले बताए ।

संसदीय पद्धतीे विपरित माओवादी र कांग्रेसले असार मसान्तभित्र प्रदेश सरकारलाई बजेट पास गर्न नदिई समस्यामा पारेर संघीयता नै संकटमा पारेको उनले आरोप लगाए ।

सत्तापक्ष प्रदेशसभा संचालनका लागि पूर्ण तयारी अवस्थामा रहेको र प्रदेश सरकारले कुनैपनि हालतमा प्रदेशसभाको बैठक चलाएर बजेट पास गर्ने उनले बताए ।

प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्र र विपक्षी दल कांग्रेसले विपद् व्यवस्थापनको बजेट जिल्ला प्रशासनलाई पठाउनु संघीयता विपरित भएकोले सिधै स्थानीय तहलाई पठाउनुपर्ने, ससर्ततर्फको अनुदान रकममा विभेद बन्द गरिनुपर्ने, विद्युतीय बस खरिद प्रक्रिया, सुरुङमार्ग निर्माण र सरकार मातहतको संचार गृह संचालनको निर्णय खारेज हुनुपर्ने माग गर्दै शनिवार देखि सदन अवरुद्ध गराउँदै आएका थिए ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*