राजनीति/ समाज

सरकारले कोरोना विरुद्धको खोप खरिदमा पर्याप्त बजेट छुट्याउन सकेन: पाण्डे

मकवानपुर । बागमती प्रदेशसभाका सदस्य तथा नेकपा एमालेका नेता राजेन्द्र पाण्डेले प्रदेश सरकारले कोरोनाभाइरस (कोभिड–१९) विरुद्धको खोप खरिदका लागि पर्याप्त बजेट छुट्याउन नसकेको बताएका छन् । शुक्रबार बसेको प्रदेशसभाको दोस्रो बैठकमा बोल्दै नेता पाण्डेले प्रदेश सरकारले कोरोना विरुद्धको खोप खरिदका लागि पर्याप्त बजेट छुट्याउन नसकेको बताएका हुन् । उनले...

सांसद गोसाईको प्रतिवेदन प्रेमी सरकार शीर्षकको कविता

मकवानपुर । बागमती प्रदेशसभाको बैठकमा प्रदेशसभा सदस्य सुरेन्द्रराज गोसाईले कविता प्रस्तुत गरेका छन् । सांसद गोरसाईले प्रतिवेदन प्रेमी सरकार शीर्षकको कविता प्रस्तुत गरेका हुन् । यस्तो छ उनको कविता प्रतिवेदनप्रेमी सरकार ! गाउँमा पहिरो जान्छ मानिस, घर, गाइवस्तु पहिरोले पुर्छ मन्त्री र मन्त्रीहरू पजेरोमा अवलोकन भ्रमणमा जान्छन् फर्केर आई...

विपद्को समयमा जनतालाई झुट्टो आवश्वासन मात्रै दिएः सांसद पौड्याल

मकवानपुर । बागमती प्रदेशसभा सदस्य रमेश पौड्यालले प्रदेश सरकारले विपद्को समयमा जनतालाई भुटो आश्वासन बाड्नका लागि मात्रै सो क्षेत्रको अनुगन जाने गरेको बताएका छन् । बागमती प्रदेशसभाको शुक्रबार बसेको बैठकमा विषेश समयमा बोल्दै सांसद् पौड्यालले प्रदेश सरकार विपद् व्यवस्थापनमा जिम्मेवार नभएको र जनतालाई विपद्को समयमा झुटो आश्वासन बाँड्नका लागि...

हेटौँडामा अन्तर्राष्ट्रिय स्तरको कृषि थोक बजार निर्माणको शिलान्यास

मकवानपुर । बागमती प्रदेशको राजधानी हेटौँडामा अन्तर्राष्ट्रिय स्तरको कृषि थोक बजार निर्माणको शिलान्यास गरिएको छ । उक्त थोक बजार निर्माणको शुक्रबार बागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले शिलान्यास गरेका हुन् । हेटौँडा उपमहानगरपालिका वडा नम्वर–११ थानाभर्याङमा निमार्ण गर्न लागिएको उक्त थोक बजार कुल २८ करोड ३६ लाख ५५ हजार रुपैयाँ...

प्रदेश सरकारले आफ्नै मिडिया हाउस संचालन गर्ने निर्णय खारेज गर्नुपर्ने

मकवानपुर । बागतमी प्रदेशसभा सदस्य तथा नेकपा माओवादी केन्द्रका प्रमुख सचेतक बुद्धिमान माझीले बागमती प्रदेश सरकारले आफ्नै मिडिया हाउस संचालन गर्ने निर्णय खारेजी गर्नुपर्ने माग गरेका छन् । आज बसेको बागमती प्रदेशसभाको बैठकमा बजेटमाथि छलफलका क्रममा उनले सरकार मातहतको मिडिया संचालनले आम संचार जगतमाथि नै हस्तक्षप हुने भएकाले बताउँदै...

बागमती प्रदेशमा बाढीपहिरोमा परी ८ जनाको मृत्यु

मकवानपुर । गत असार १ गते आएको अबिरल वर्षापछि गएको बाढीपहिरोमा परी सिन्धुपाल्चाकको हेलम्बु र मेलम्चीमा ५ जनाले मृत्यु भएको छ । बागमती प्रदेश आन्तरिक मामिला ता कानुन मन्त्री केशवराज पाण्डे आज बसेको बागमती प्रदेशसभाको बैठकमा समय माग गर्दै सो कुराको जानकारी दिएका हुन् । उनका अनुसार, इन्द्रावती खोलामा...

बागमती प्रदेश सरकारले खुद्रा बजेट ल्यायोः सांसद् दाहाल

मकवानपुर । बागतमी प्रदेशसभा सदस्य लेखनाथ दाहालले बागमती प्रदेश सरकारले आगामी आर्थिक वर्षको लागि खुद्रा बजेट ल्याएको बताएका छन् । बिहिबार बसेको प्रदेशसभाको बैठकमा बजेटमाथिको छलफलमा भाग लिँदै उनले बागमती प्रदेश सरकारको बजेट खुद्रा भएको बताएका हुन् । उनले प्रदेश सरकारले बजेट ल्याउँदा थोक र परिमाण मुखी बजेट ल्याउँनुपर्ने...

अपांगता भएका व्यक्तिहरुलाई आर्थिक तथा सामाजिक रुपमा सशक्त बनाउनेः मन्त्री बस्नेत

मकवानपुर । बागमती प्रदेशका सामाजिक विकास मन्त्री सरस्वती बस्नेतले अपाङ्गता भएका व्यक्तिको सीप विकास गर्दै आर्थिक तथा सामाजिकरुपमा सक्षम बनाउनका लागि प्रदेश सरकार प्रतिबद्ध रहेको बताएकी छिन् । बुधबार अपाङ्गता भएका व्यक्तिहरुलाई अपाङ्गता सहायता सामग्री वितरण गर्दै मन्त्री बस्नेतले सो कुरा बताएकी हुन् । उनले अपाङ्गता भएका व्यक्तिहरुले पनि...

पाँच विद्यार्थी संगठनले सरकारविरुद्ध आज देशभर प्रदर्शन गर्दै

काठमाडौं । विपक्षी गठबन्धनमा आवद्ध दलहरु निकट विद्यार्थी संगठनहरुले बुधबार देशैभर सरकारविरुद्ध प्रदर्शन गर्दैछन् । संसद विघटन, शैक्षिक र जनजीविकाका विभिन्न मागहरु राख्दै नेविसंघ, अखिल (क्रान्तिकारी), अनेरास्ववियु (सुदेश पराजुली समूह), समाजवादी विद्यार्थी युनियन र अखिल (छैठौं) ले आज संयुक्त रुपमा ७७ वटै जिल्लामा सरकारविरुद्ध प्रदर्शन गर्ने भएको हो ।...

प्रदेशको संचार नीतिबारे हेटौँडामा संवाद कार्यक्रम

मकवानपुरमा । प्रदेशको संचार नीतिबारे आज हेटौंडामा संवाद कार्यक्रम भएको छ । उक्त कार्यक्रम नेपाल पत्रकार महासंघ केन्द्रीय समितिको आयोजना एवम् पत्रकार महासंघ मकवानपुर शाखाको संयोजनमा गरिएको हो । कार्यक्रममा सहभागी सञ्चारकर्मी तथा मिडिया उद्यमीहरुले बागमती प्रदेश सरकारले सञ्चार क्षेत्रलाई उपेक्षा गरेको र त्यसकाविरुद्धमा आन्दोलनमा रहेको बताएका छन ।...