राजनीति/ समाज

जसपाको विवाद टुंग्याउन इजलास गठन

काठमाडौं । निर्वाचन आयोगले जनता समाजवादी पार्टी (जसपा) को विवाद टुंग्याउन इजलास गठन गरेको छ । आयोग पदाधिकारीहरुको बुधबार बसेको बैठकले प्रमुख आयुक्त दिनेश थपलियाको नेतृत्वमा पाँच सदस्यीय इजलास गठन गरेको हो । साथै सुनुवाका लागि आगामी साउन ३ गते आइतबार दुबै पक्षलाई बोलाउने निर्णय भएको छ । यदि...

एमाले कार्यदल बैठक आज पनि बस्दै

काठमाडौं । नेकपा एमाले कार्यदलको बैठक आज पनि बस्दैछ । बैठक बिहान १० बजे बस्ने भएको हो । आज बिहान ८ बजेको लागि तय भएको बैठक सरेर बिहान १० बजे बस्ने भएको पार्टी अध्यक्ष केपी शर्मा ओली पक्षीय कार्यदलका संयोजक सुवासचन्द्र नेम्वाङले बताए । पार्टी अध्यक्ष ओली र वरिष्ठ...

विवाद मिलाउन कार्यदलको बैठक बसिरहेका बेला नेता नेपाल र प्रचण्डबीच भेटवार्ता

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एमालेका बरिष्ठ नेता माधवकुमार नेपालबीच आज भेटवार्ता भएको छ । एमाले विवाद उत्कर्षमा पुगेको बेला नेता नेपाल र प्रचण्डबीच भेटवार्ता हुनुलाई चासोका साथ हेरिएको छ । स्रोतका अनुसार नेपालसंग कुराकानी गर्न प्रचण्ड मंगलवार दिउँसो उनको निवास कोटेश्वरमा पुगेका...

‘संसद पुनर्स्थापना हुन्छ, शेरबहादुर देउवा प्रधानमन्त्री बन्नुहुन्छ’

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रतिनिधिसभा पुनस्र्थापना हुने र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा प्रधानमन्त्री बन्ने बताएका छन् । निधन भएका पार्टीका केन्द्रीय सदस्य महादेव यादवलाई अन्तिम श्रदाञ्जली दिन मंगलबार जनकपुरधाम पुगेका प्रचण्डले संयुक्त गठबन्धनको तर्फबाट शेरबहादुर देउवालाई समर्थन रहने र देउवा नै प्रधानमन्त्री हुने...

सिंहदरबारमा एमाले कार्यदलको बैठक सुरु

काठमाडौं । नेकपा एमालेको विवाद समाधान गर्न गठित १० सदस्यीय कार्यदलको बैठक सिंहदरबारमा सुरु भएको छ । उक्त बैठकमा पार्टी विवादका विषयमा छलफल हुने बताइएको छ । गत जेठ २ गते अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधव कुमार नेपालबीच भएको सहमति अनुसार १० सदस्यीय कार्यदल बनेको थियो...

जसपाको दुई पक्षबीच निर्वाचन आयोगमा छलफल जारी

काठमाडौं । जनता समाजवादी पार्टी जसपाको विवाद समाधानको लागि निर्वाचन आयोगमा छलफल जारी छ । जसपाको अध्यक्ष द्वय महन्थ ठाकुर र उपेन्द्र यादव पक्षका नेताहरु छलफलमा सहभागि भएका छन् । बैठकमा महन्थ ठाकुर पक्षबाट महन्थ ठाकुर, लक्ष्मणलाल कर्ण, शरदसिंह भण्डारी, उमाशंकर अरगरिया, सुरेन्द्र झा लगायतका नेताहरू सहभागी भएका हुन्...

मध्यावधि निर्वाचनको लागि दल दर्ता गर्न आयोगको आह्वान

काठमाडौं । निर्वाचन आयोगले प्रतिनिधिसभाको मध्यावधि निर्वाचनको लागि दल दर्ता गर्न आह्वान गरेको छ । आयोगले सोमबार एक विज्ञप्ति जारी गर्दै मध्यावधि निर्वाचनको लागि दल गर्दा गर्न आह्वान गरेको हो । आयोगले दल दर्ताको लागि आगामी असार ३१ गतेदेखि साउन १५ गतेसम्‍म समय तोकेको छ । सरकारले संसद विघटन...

हेटौँडाका ३५ जना कांग्रेसमा प्रवेश

मकवानपुर । विभिन्न पार्टी परित्याग गरी हेटौँडाका २५ जना नेपाली कांग्रेसमा प्रवेश गरेका छन् । नेकपा एमाले र नेकपा माओवादी केन्द्र पार्टी परित्याग गरी हेटौँडा उपमहानगरपालिकाको दुई वडाका ३५ जना कांग्रेसमा प्रवेश गरेका हुन् । आज हेटौँडा उपमहानगरपालिका वडा नम्वर १५ साविक चुरियामाई ६ का पूर्व वडाध्यक्ष मन्तसिं योञ्जन...

सर्वोच्चको फैसला अगावै निर्वाचन कार्यतालिका सार्वजनिक गरिएको भन्दै कांग्रेसको आपत्ती

मकवानपुर । निर्वाचन कार्यतालिका सार्वजनिक गरेकोप्रति नेपाली कांग्रेसले विरोध जनाएको छ । प्रतिनिधिसभा विघटनविरुद्ध सर्वोच्च अदालतमा दर्ता भएको मुद्धाको फैसला हुनु अगाबै निर्वाचन आयोगले निर्वाचनको कार्यतालिका सार्वजनिक गरेको भन्दै कांग्रेसले विरोध जनाएको हो । कांग्रेस नेता आनन्द ढुंगानाले प्रतिनिधिसभा विघटनको मुद्दामाथि सर्वोच्चमा अन्तिम सुनुवाइ चलिरहेको बेलामा निर्वाचन आयोगले कार्यतालिका...

माओवादी र कांग्रेसको विरोधपछि बागमती प्रदेशसभाको बैठक अवरुद्ध

मकवानपुर । बागमती प्रदेशसभाको बैठक आज ३ मिनेट बसेर स्थगित भएको छ । आज सोमबार १ बजेका लागि आह्वान गरिएको बैठक तोकिएको समयभन्दा ४० मिनेट ढिलो गरी सुरु भई ३ मिनेट बसेर  स्थगित भएकोहो । विपक्षी दलहरुको अवरोधका कारण बागमती प्रदेशसभा सभामुख सानुकुमार श्रेष्ठले अर्को सूचना जारी नभएसम्मका लागि...