‘जनताको लागि कोरोना खोप मैले ल्याइदिएँ, भोलिबाट हामीले ल्यायौँ भन्दै प्रचार गर्नेछन्’
मकवानपुर । निवर्तमान प्रधानमन्त्री एवम् नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफुले आज नेपाली जनताको लागि कोरोना खोप सुनिश्चित गरिदिएको दावी गरेका छन् ।
सिंहदरबार छाड्नुअघि टेलिभिजन सम्बोधन गर्दै एमाले अध्यक्ष समेत रहेका ओलीले नेपाल खोप उत्पादक नभएपनि छोटो समयमा नै नागरिकलाई खोपको व्यवस्था गरेको दाबी गरे ।
‘१ करोड ३१ लाख मात्रा खोप सुनिश्चित भएको छ । २ करोडभन्दा बढी खोप खरिद प्रंक्रियामा रहेको छ, अब हामीलाई खोप अभाव छैन, तर अब हेर्दै जानुस् भोलिबाट अघिल्लो सरकारले केही गरेन हामीले गर्यौँ भन्दै प्रचार गर्छन् ।’ उनले भने ।
मलाई झुटो प्रचार गर्न आउँदैन । हेर्दै जानुस् भोलि नै हामीले खोप ल्यायौँ भन्छन् । उनले थपे ।
