राजनीति/ समाज

सर्वोच्चको परमादेश: २८ घण्टाभित्र देउवालाई प्रधानमन्त्री नियुक्त गर्नु

मकवानपुर । सर्वोच्च अदालतको संवैधानिक इजालसले संविधानको धारा ७६(५) अनुसार कांग्रेस सभापति शेरबहादुर देउवालाई २८ घण्टाभित्र प्रधानमन्त्री नियुक्ति गर्न परमादेश जारी गरेको छ । जेठ ७ गते मध्यरातमा विघटन भएको प्रतिनिधिसभा पुनर्स्थापना गर्दै सर्वोच्च अदालतको संवैधानिक इजालसले संविधानको धारा ७६(५) अनुसार कांग्रेस सभापति देउवालाई प्रधानमन्त्री नियुक्ति गर्न परमादेश जारी...

प्रतिनिधिसभा विघटन सर्वोच्चद्धारा बदर (पूर्णपाठसहित)

मकवानपुर । सर्वोच्च अदालतले प्रतिनिधिसभा विघटन असंवैधानिक ठहर गर्दै बदर गरेको छ । प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले गरेको प्रतिनिधिसभा विघटनलाई सर्वोच्चले सोमबार असंवैधानिक ठहर गर्दै बदर गरेको हो । इजलासको सुरुमै प्रधानन्यायाधीश जबराले माग बमोजिम पाँचै जनाको एकमतमा रिट जारी गरिएको जानकारी दिएका छन् ।...

रातको अन्धकारमा पास गरिएको बजेट हामीलाई स्वीकार्य हुँदैनः रमेश पौड्याल

मकवानपुर । विवेकशील साझा पार्टी बागमती प्रदेश संसदीय दलका नेता रमेश पौड्यालले प्रदेश सरकारले रातको अन्धकारमा बजेट पास गरेको बताएका छन् । सोमबार प्रदेशसभाको बैठकलाई सम्बोधन गर्दै नेता पौड्यालले प्रतिपक्ष दलहरुको सुझावलाई उपेक्षा गर्दै रातको अन्धकारमा रातारात बजेट पास गरेर आफ्नो लाचारीपना सबैमाझ देखाएको आरोप लगाए । उनले भने...

प्रतिपक्ष दलहरुलाई उपेक्षा गर्दै बजेट पास गरे आजको दिन इतिहासकै कालो हुनेछ – बानियाँ 

मकवानपुर । प्रतिपक्षी दल नेपाली कांग्रेस बागमती प्रदेश संसदीय दलका नेता इन्द्रबहादुर बानियाँले विपक्षी दलहरुको सुझावको उपेक्षा गरेर एकलौटी ढंगबाट बजेट पास गरेमा आजको दिन इतिहासकै कालो दिन हुने बताएका छन् । विहान ११ः ४० बजेदेखि निरन्तर संचालन भएको प्रदेशसभा बैठकमा विभिन्न समयमा विद्युत अवरुद्ध भई बैठक प्रभावित भइरहेको...

जसपा खारेजीको माग गर्दै सर्वोच्चमा रिट, कस्तो आउला आदेश

काठमाडौँ । समाजवादी पार्टी र राष्ट्रिय जनता पार्टीबीचको एकता खारेज गर्न माग गर्दै सर्वोच्च अदालतमा रिट दायर भएको छ । तत्कालिन राष्ट्रिय जनता पार्टीका उपाध्यक्ष राजकुमार थापाले पार्टी एकता प्रारम्भदेखि नै त्रुटिपूर्ण, कपटपूर्ण र मौजुदा संविधान ऐन, कानुन विपरीत भएकोले उक्त एकीकरण उत्प्रेषणको आदेशले बदर गर्न माग गरेका छन्...

बागमती प्रदेशको बजेट अव्यवहारिक र अवैज्ञानिक – दुलाल

मकवानपुर । नेकपा माओवादी केन्द्रका नेता एवम् बागमती प्रदेशका पूर्व सामाजिक विकासमन्त्री युवराज दुलालले आगामी आर्थिक बर्षको लागि सरकारले ल्याएको बजेट अवैज्ञानिक , अव्यवहारिक र जनतामुखी नभएको बताएका छन् । प्रदेशसभाको आइतबार बसेको बैठकलाई सम्बोधन गर्दै नेता दुलालले सरकारले जनहितका लागि शिक्षा, स्वास्थ्य, कृषिलगायतका क्षेत्रलाई उपेक्षा गर्दै मन्त्रीमुखी र...

प्रदेश सरकारले मन्त्रीमुखी र गुटमुखी बजेट ल्यायो: नेता जम्कट्टेल

मकवानपुर । बागमती प्रदेशका प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रका संसदीय दलका नेता शालिकराम जम्कट्टेलले प्रदेश सरकारले विभेदकारी बजेट ल्याएको भन्दै विरोध जनाएका छन् । भूगोल विशेष र आवश्यकताको आधारमा बजेट बनाउनुपर्नेमा मन्त्रीमुखी र गुटमुखी बजेट आएको भन्दै उनले आपत्ति जनाए । पटकपटकको अवरोधपछि आजबाट सुरु भएको प्रदेशसभाको बैठकमा...

बसको चार्जर अनुसारको चार्जिङ स्टेशन बन्छ – मुख्यमन्त्री पौडेल

मकवानपुर । प्रदेश सरकारले पूर्वाधार निर्माण नै नगरी विद्युतीय बस खरिद गर्न लागेको भन्दै बागमती प्रदेशसभामा विपक्षी दलहरुले चर्को विरोध गरेपछि मुख्यमन्त्री डोरमणि पौडेलले प्रदेशसभामा जवाफ दिएका छन् । प्रदेशसभाको आइतबार बसेको बैठकमा सम्बोधन गर्दै मुख्यमन्त्री पौडेलले प्रदेश सरकारले बस खरिद गर्नुभन्दा ३ महिनाअघि नै चार्जिङ स्टेशन बनाइसक्ने र...

मुख्यमन्त्री पौडेलको स्पष्टिकरण: ‘आमसंचार’ रेडियो टेलिभिजन र पत्रिका होइन, छापाखाना हो

मकवानपुर । बागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले विपक्षीे दलहरुको विरोधपछि आमसंचार गृहलाई छापाखानाको रुपमा परिभाषित गरेका छन् । प्रदेश सरकारकै मातहतमा आमसंचार गृह संचालनको योजनासहित १० करोड रुपैयाँ बजेट विनियोजनको प्रस्ताव अघि सारेका मुख्यमन्त्री पौडेलले उक्त बजेट रेडियो, टेलिभिजन र पत्रिका संचालन गर्न नभई छपाई सम्बन्धी काम गर्ने छापाखाना...

बागमती प्रदेश : बजेट पास गर्ने तयारीमा एमाले

मकवानपुर । बागमती प्रदेशसभाको आज बस्ने बैठकबाट सत्तापक्षले आगामी आर्थिक बर्ष ०७८÷७९ को बजेट पास गर्ने तयारी गरेको छ । विपक्षी दलहरुसंग लगातारको छलफल पछी केही सर्तहरुमा लचकता अपनाएर सत्तापक्षले बजेट पास गर्ने तयारी गरेको हो । तर, विपक्षी दलहरुले उठाएका विषयमा भने कुनै सहमति नभएको नेकपा एमालेका प्रमुख...