प्रधानमन्त्री देउवालाई विश्वासको मत दिने माधव नेपालको बचन
मकवानपुर । नेकपा एमालेका बरिष्ठ नेता माधव कुमार नेपालले नवनियुक्त प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत दिने बचन दिएका छन् ।
बुधबार प्रधामन्त्री देउवा नेता नेपाललाई भेट्न उनकै निवास कोटेश्वरमा पुगेका थिए ।
भेटमा नेता नेपालले देउवालाई आफ्नो पक्षको सांसद्हरुले विश्वासको मत दिने आश्वासन दिएका छन् ।
नेता नेपालले आफ्नो समूहका नेताहरुलाई सुनाएअनुसार प्रधानमन्त्री देउवालाई सरकारलाई भ्रष्टाचाररहित बनाउन र जनभावना अनुसार काम गर्न सुझाव दिएका छन् ।
०५१ मा एमालेका प्रधानमन्त्री मनमोहन अधिकारीले कांग्रेस र राप्रपाबाट मत पाएको स्मरण गर्दै पाण्डेले अहिले पनि देउवालाई भोट दिएर प्रतिपक्षमा बस्न सकिने बताएका छन् ।
देउवाले संविधानको धारा ७६ (५) अनुसार प्रधानमन्त्रीमा दाबी गर्न एमालेका २६ सांसदले हस्ताक्षर गरेका थिए । तर उनी र केपी शर्मा ओली दुबैको दाबी नपुगेको भन्दै प्रतिनिधिसभा भंग भएपछि देउवालाई प्रधानमन्त्री नियुक्त गर्न परमादेशको माग गर्दै सर्वोच्च अदालत गएका १४६ सांसदमा नेपाल समूहका २३ जना थिए । माधव पक्षका २३ सांसद्ले मात्रै विश्वासको मत दिएमा पनि प्रधानमन्त्री देउवाको सरकार यथावत रहन्छ ।
