उपचार सकेर काठमाडौं फर्किए पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा
नेपाली कांग्रेसका निवर्तमान सभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा नेपाल आइपुगेका छन्।
देउवा बिहीबार दिउँसो साढे १२ बजे थाइल्यान्ड हुँदै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल आइपुगेका हुन्। गत भदौ २४ गते भएको जेनजी आन्दोलनका क्रममा गम्भीर घाइते भएपछि उनी उपचारका लागि पत्नी एवं कांग्रेस नेतृ आरजु राणा देउवासँगै सिंगापुर गएका थिए।
उपचारपछि देउवा थाइल्यान्ड हुँदै बिहीबार काठमाडौं फर्किएका हुन्।
देउवालाई स्वागत गर्न नेपाली कांग्रेसको नेताहरू विमानस्थल पुगेका थिए। विमानस्थलमा नेता तथा कार्यकर्ताले देउवालाई स्वागत गरेका छन्।जेन जी आन्दोलनमा अराजक भिडको कुटपिटबाट गम्भीर घाइते भएका देउवा उपचारका लागि मुलुकबाहिर थिए । आफूलाई स्वागत गर्न आएका नेता कार्यकर्तालाई देउवाले सम्बोधन गरेका थिए ।
यसबीचमा सरकारले देउवा र उनकी धर्मपत्नी तथा तत्कालिन परराष्ट्रमन्त्री आरजु राणा देउवालाई पक्राउ गर्ने प्रयास गरेको थियो । तर, त्यसमा सरकार असफल भएको थियो ।
