परराष्ट्रमन्त्री राणा आज भारत जाँदै
काठमाडौं । परराष्ट्रमन्त्री आरजु राणा देउवा आज भारत भ्रमणमा जाँदै छिन् ।
परराष्ट्रमन्त्री राणा पाँच दिने भ्रमणका लागि आइतबार नयाँ दिल्ली प्रस्थान गर्ने कार्यतालिका रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ ।
भारतीय विदेशमन्त्री एस जयशंकरको निमन्त्रणामा उनी भारत भ्रमणमा जाने भएकी हुन् ।
भारत भ्रमणका क्रममा उनले भारतीय समकक्षी जयशंकरसँग द्विपक्षीय वार्ता गर्ने जनाइएको छ ।
