१० लाख धरौटी बुझाएर रिहा भए गच्छदार

तु खबर संवाददाता
२०७८ असार ३०, बुधबार १९:०९

मकवानपुर । बालुवाटार जग्गा प्रकरणमा भ्रष्टाचार मुद्धा खेपेका विजयकुमार गच्छदार धरौटी बुझाएर रिहा भएका छन् ।

नेपाली कांग्रेसका उपसभापतिसमेत रहेका गच्छदार विशेष अदालतमा बुधबार १० लाख रुपैयाँ धरौटी बुझाएर रिहा भएका हुन् ।

ललिता निवासको जग्गा व्यक्तिको नाममा दर्ता गरेको अभियोग लागेका गच्छदार लामो समय फरार रहेर बुधबार विशेष अदालतमा हाजिर भएका थिए ।

उनीमाथि २०६६ सालमा भौतिक योजना तथा निर्माण मन्त्री हुँदा भ्रष्टाचार गरेको आरोप लागेको हो । उनले ९ करोड ६५ लाख रुपैयाँ भ्रष्टाचार गरेको आरोप छ ।

२०६६ साल चैत २९ गते मन्त्रिपरिषद्को बैठकको प्रस्ताव नं.३ मा प्रधानमन्त्री निवास विस्तार र मोही व्यवस्थापनको विषय थियो । सो प्रस्ताव तयार पार्नेमा भौतिक योजना तथा निर्माण मन्त्रालयका सचिव दीप बस्न्यात थिए भने उपप्रधानमन्त्रीसमेत रहेका गच्छदारले त्यसलाई स्वीकृत गरेका थिए ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*