प्रचण्ड र विप्लवबीच भेटवार्ता
काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड र नेत्रविक्रम चन्द विप्लवका नेताबीच बुधबार भेटवार्ता भएको छ ।
विप्लव प्रचण्डलाई भेट्न धर्मेन्द्र बास्तोलालाई लिएर प्रचण्ड निवास खुमलटार पुगेका हुन् ।
ओली सरकारका पालामा वार्ता गरेर शान्तिपूर्ण राजनीतिमा आएको विप्लव समूहले आफ्ना बन्दीहरुको रिहाइको माग गर्दै आइरहेको छ ।
विप्लवले पूर्व माओवादी लामो समयपछि प्रचण्डसँग भेटवार्ता गरेका हुन् ।
प्रचण्ड पार्टी विस्तारका लागि कसरत गरिरहेका छन् । माओवादीबाट असन्तुष्ट बनेका नेताहरुलाई समेटेर लैजाने अभियानमा प्रचण्ड जुटेको माओवादी केन्द्र निकट स्रोतले बताएको छ ।
