देउवाले बोलाए पदाधिकारी बैठक

तु खबर संवाददाता
२०७८ असार ३०, बुधबार १७:३०
file-photo

काठमाडौं । प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टी पदाधिकारी तथा पूर्व पदाधिकारीको बैठक बोलाएको छ ।

सभापति दउवाले बैठक बिहिबार दिउँसो २ बजेका लागि बोलाएका हुन् ।

सरकारका प्राथमिकता, मन्त्रिमण्डल विस्तार र पार्टीको १४ औै महाधिवेशनका लागि छलफल गर्न पदाधिकारी बैठक बोलाइएको देउवाका स्वकीय सचिव भानु देउवाले जानकारी दिए ।

काँग्रेस क्रियाशील सदस्यताको काम सक्ने समय सीमा छ । तर क्रियाशील सदस्य छानबिन समितिले​ अझै काम सकेको छैन ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*