कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक आह्वान
काठमाडौं । नेपाली कांग्रेसले केन्द्रीय कार्यसम्पादन समितिको बैठक आह्वान गरिएको छ ।
बैठक यही मंसिर २४ गते बिहान ९ बजे बस्ने गरी बोलाएको कांग्रेस मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए ।
मुख्यसचिव पौडेलका अनुसार, बैठक सभापति शेरबहादुर देउवा निवास बुढानीलकण्ठमा बस्ने गरी बोलाइएको हो ।
सो बैठकमा केन्द्रीय कार्यसम्पादन समितिका पदाधिकारी एवम् सदस्यहरूलाई उपस्थितिका लागि आमन्त्रण गरिसकिएको उनको भनाई छ ।
बैठकमा प्रधानमन्त्रीको चीन भ्रमणका क्रममा भएको बीआरआई फ्रेमवर्क सम्झौताबारे विशेष छलफल हुनका साथै बैठकबाट त्यसबारेमा पार्टीको आधिकारिक धारणा तय गरिने जनाइएको छ ।
