राजनीति/ समाज
विपक्षी गठबन्धनद्वारा हेटौँडामा दिप प्रज्वलन
मकवानपुर । नेपाली कांग्रेस, नेकपा माओवादी र नेकपा (एमाले ) माधव नेपाल समूहसहितको गठबन्धनले आज हेटौँडामा सर्वोच्च अदालतको फैसलालाई स्वागत गर्दै दिप प्रज्वलन कार्यक्रमको आयोजना गरेको छ । सर्वोच्च अदालतले प्रधानमन्त्री केपि शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले गरेको संसद विघटनको कदम खारेज गरेकोमा उक्त गठबन्धनले हेटौँडाको बुद्धचोकमा दिप...
नेकपा एमालेको स्थायी कमिटीको बैठक बालुवाटारमा जारी
मकवानपुर । नेकपा एमालेको स्थायी कमिटीको बैठक जारी छ । सर्वोच्च अदालतले प्रतिनिधि सभा विघटनलाई बदर गरेर नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन परमादेश दिएपछि नेकपा एमालेको स्थायी कमिटीको बैठक बसी आगामी रणनीति तय गरिने बताइएको छ । पूर्वनिर्धारित समयअनुसार बैठक साँझ पाँच बजेपछि प्रधानमन्त्री निवास बालुवाटारमा बसेको...
प्रधानमन्त्री र राष्ट्रपतिले मनोमानी गरेका थिए, अदालतले सच्याइदियो – राजेन्द्र पाण्डे
मकवानपुर । नेकपा एमाले बागमती प्रदेश संसदीय बोर्डका सदस्य राजेन्द्र पाण्डेले प्रधानमन्त्री केपी शर्मा ओली र राष्ट्रपति विद्यादेवी भण्डारीले पटक–पटक संविधानमाथि प्रहार गरेपनिण् आज सर्वोच्चले अदालतले त्यसको विपक्षमा फैसला गर्नु स्वागतयोग्य भएको बताएका छन् । तु खबरसंग कुराकानी गर्दै नेता पाण्डेले नेपाली जनताको बलिदानीबाट प्राप्त संविधानमाथि सरकारबाटै प्रहार हुनु...
विपक्षी गठबन्धनको बैठक नेपाल निवास कोटेश्वरमा बस्दै
मकवानपुर । विपक्षी गठबन्धनको बैठक नेकपा एमालेका बरिष्ठ नेता माधव कुमार नेपालको निवास कोटेश्वरमा बस्दैछ । सर्वोच्च अदालतले प्रतिनिधिसभा पुनर्स्थापना र कांग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन परमादेश जारी गरेसंगै आगामी योजनाबारे छलफल गर्न विपक्षी गठबन्धनको बैठक बस्न लागेको हो । विपक्षी गठबन्धनमा नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा...
कमल थापाको टिप्पणी : “सर्वोच्चमा आज गोरु व्यायो”
मकवानपुर । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष कमल थापाले सर्वोच्च अदालतको फैसला अस्वाभाविक भएको प्रतिक्रिया दिएका छन् । अध्यक्ष थापाले सोमबार सर्वोच्च अदालतको फैसलालाई ‘गोरु ब्याएको’ रुपमा टिप्पणी गर्दै अब देश अस्थिरतामा बस्ने बताएका हुन् । उनले सामाजिक सञ्जालमा भनेका छन्, ‘वरिष्ठ राजनीतिज्ञ स्व.राजेश्वर देवकोटाको शब्द सापटि लिएँ–“सर्वोच्च...
बागमती प्रदेशमा मुख्यमन्त्री पौडेलकै सरकार यथावत रहन्छ –मुनु सिग्देल
मकवानपुर । नेकपा एमाले मकवानपुरकी नेतृ एवम् बागमती प्रदेशसभा सदस्य मुनु सिग्देलले मुख्यमन्त्री डोरमणि पौडेलकै नेतृत्वमा सरकार यथावत रहने प्रतिक्रिया दिएकी छिन् । सर्वोच्च अदालतले प्रधानमन्त्री केपी शर्मा ओलीलाई पदमुक्त गरी कांग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री नियुक्त गर्न आदेश दिएको भएपनि बागमती प्रदेशमा नेकपा एमालेको स्पष्ट बहुमत भएकोले यहाँको...
सर्वोच्चको फैसलाप्रति जम्मकट्टेलको प्रतिक्रिया– अति गरेपछि खति हुन्छ
मकवानपुर । नेकपा माओवादी केन्द्रका नेता एवम् बागमती प्रदेश प्रमुख प्रतिपक्षी दलका संसदीय दलका नेता शालिकराम जम्मकट्टेलले संविधानले व्यवस्था गरेको प्रतिनिधिसभालाई कसैको सनकको भरमा विघटन गर्न नमिल्ने भएकाले सर्वोच्च अदालतले त्यसलाई बदर गरिदिएको प्रतिक्रिया दिएका छन् । उनले जनताको त्याग तपस्या र बलिदानीबाट प्राप्त प्रतिनिधिसभालाई विघटन गरेर प्रधानमन्त्री केपी...
सर्वोच्चको फैसलाले बागमती प्रदेशमा तरङ्ग पैदा हुन्छ – नेता बानियाँ
मकवानपुर । नेपाली कांग्रेस बागमती प्रदेश संसदीय दलका नेता एवम् मकवानपुर सभापति इन्द्रबहादुर बानियाँले सर्वोच्च अदालतको फैसला स्वागतयोग्य भएको बताएका छन् । सर्वोच्चले प्रतिनिधिसभा विघटन बदर गरेर संविधान र लोकतन्त्रको रक्षा गर्दै नेपाली जनतामा स्वतन्त्र न्यायपालिकाको अनुभूति गराएको बताए । ‘सम्मानित अदालत र सम्माननीय न्यायमूर्तिले कसैको सनकका भरमा संविधान...
शीतलनिवास र बालुवाटारको बदमासीलाई सर्वोच्चले सच्यायो– कांग्रेस प्रवक्ता शर्मा
मकवानपुर । नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले शीतलनिवास र बालुवाटारको बदमासीलाई सर्वोच्च अदालतले सच्याएको बताएका छन् । संविधानविपरीत हुने गरी एकपछि अर्का प्रधानमन्त्री र राष्ट्रपतिको कदमलाई सर्वोच्चले सच्याएको कांग्रेसको भनाई छ । शर्माले प्रधानमन्त्री केपी शर्मा ओली र राष्ट्रपति विद्यादेवी भण्डारीको असंवैधानिक कदमलाई सर्वोच्चले सच्याउनु लोकतन्त्र र संविधानको पक्षमा...
साउन ३ गते प्रतिनिधिसभाको बैठक बोलाउन सर्वोच्चको आदेश
मकवानपुर । साउन ३ गते प्रतिनिधिसभा बैठक बोलाउन सर्वोच्च अदालतले आदेश जारी गरेको छ । प्रतिनिधिसभा विघटन असंवैधानिक ठहर गरेको सर्वोच्च अदालतले साउन ३ गते साँझ ५ बजेभित्र संसद बैठक बोलाउन आदेश दिएको हो । गत जेठ ७ गते सरकारको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभा विघटन गर्दै आगामी कात्तिक...










