बालुवाटार भित्रिए प्रधानमन्त्री देउवा

तु खबर संवाददाता
२०७८ श्रावण १, शुक्रबार ११:०१

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवा बालुवाटारस्थित सरकारी निवास सरेका छन् । उनी केहीबेरअघि प्रधानमन्त्री निवास बालुवाटार प्रवेश गरेका हुन् ।

देउवा निकट स्रोतले दिएको जानकारीअनुसार उनी ज्योतिषले दिएको समयमा उनी बालुवाटार प्रवेश गरेका हुन् ।

देउवा मंगलबार साँझ प्रधानमन्त्री नियुक्त भएपछि निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीले बुधबार बालुवाटारस्थित सरकारी निवास छाडेर बालकोटस्थित निजी निवासमा सरेका थिए ।

 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*