राजनीति/ समाज

बागमती प्रदेश प्रमुख प्रसाईद्वारा २ वटा विधेयक प्रमाणीकरण

मकवानपुर । बागमती प्रदेश प्रमुख विष्णुप्रसाद प्रसाईले दुई वटा विधेयक प्रमाणीकरण गरेका छन् । नेपालको संविधानको धारा २०१ को उपधारा २ बमोजिम बागमती प्रदेशसभाबाट पारित भई आएको २ वटा सरकारको आर्थिक विधेयक उनले बुधबार प्रमाणीकरण गरेका हुन् । प्रदेश सरकारको अर्थसम्बन्धी प्रस्तावलाई कार्यान्वयन गर्न बनेको विधेयक २०७८ र आर्थिक...

परिवार दलका अध्यक्ष ढकालले दिए प्रधानमन्त्री देउवालाई बधाई

मकवानपुर । नेपाल परिवार दलका अध्यक्ष एवम् पूर्वमन्त्री एकनाथ ढकालले नवनिर्वाचित प्रधानमन्त्री शेरबहादुर देउवालाई बधाई दिएका छन् । अध्यक्ष ढकालले सामाजिक संजालमार्फत् प्रधानमन्त्री देउवाको नेतृत्वको सरकारले संविधानको रक्षा, लोकतन्त्रको सुदृढीकरण गर्दै देश र जनताको हितका लागि काम गर्न सक्षम रहोस् भन्दै शुभकामना दिएका हुन् । वर्तमान समयमा जनतालाई कोभिड–१९...

शेरबहादुर देउवा नेपालको प्रधानमन्त्रीमा नियुक्त, सपथ सकियो

मकवानपुर । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पाचौँ पटक प्रधानमन्त्रीको सपथ ग्रहण गरेका छन् । यस अघि ४ पटा प्रधानमन्त्री भएका देउवाले मंगलबार पुनः प्रधानमन्त्रीको सपथ ग्रहण गरेका हुन् । उनले शीतलनिवासमा आयोजित विशेष समारोहमा राष्ट्रपति विद्यादेवी भण्डारीबाट पद तथा गोपनियताको सपथ ग्रहण गरेका हुन् । नियुक्तीको भाषा विवादका...

भाषा विवादका कारण अझै शुरु भएन सपथ कार्यक्रम

मकवानपुर । राष्ट्रपति कार्यालय पुगेका कांग्रेस सभापति शेरबहादुर देउवाले प्रधानमन्त्रीको रुपमा अझै सपथ लिएका छैनन् । राष्ट्रपति कार्यालयले जारी गरेको विज्ञप्ति नसच्चिएसम्म सपथ नलिने अडान देउवाले लिएपछि सपथ केहीबेर ढिला हुने भएको हो । अहिले राष्ट्रपति विद्यादेवी भण्डारी, उपराष्ट्रपति नन्दबहादुर पुन, माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र देउवा छलफलमा...

राष्ट्रपतिले गल्ती सच्याएपछि देउवा सपथका लागि शीतलनिवासमा

मकवानपुर । नवनियुक्त प्रधानमन्त्री शेरबहादुर देउवा सपथका लागि शीतलनिवास पुगेका छन् । राष्ट्रपति कार्यालयले जारी गरेको विज्ञप्तिबारे विवाद समाधान भएपछि देउवा ढिला गरी शीतलनिवास पुगेको कांग्रेस स्रोतले बताएको छ । संविधानको धारा ७६ को (५) अनुसार नियुक्त गरिएको भन्ने पत्र पाएपछि देउवा शपथका लागि शीतलनिवास पुगेका हुन् । यसअघि...

देउवाद्वारा प्रधानमन्त्री पदको शपथ लिन अस्वीकार

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले प्रधानमन्त्री पदको शपथ लिन अस्वीकार गरेका छन् । राष्ट्रपति विद्यादेवी भण्डारीले संविधानको धारा उल्लेख नगरी नियुक्ति गरेको भन्दै देउवाले त्यसलाई नसच्याएसम्म शपथ लिन अस्वीकार गरेका हुन् । उनले राष्ट्रपतिले संविधानको धारा ७६ (५) अनुसार प्रधानमन्त्री नियुक्त गरेको भनी उल्लेख गर्नुपर्ने अडान लिएका...

देउवा नेतृत्वको सरकारको गृहमन्त्रीमा बालकृष्ण खाँड

मकवानपुर । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा नेतृत्वको सरकारको गृहमन्त्रीमा कांग्रेसकै तर्फबाट बालकृष्ण खाँडको नाम निर्णय भएको छ । काँग्रेस संसदीय दलका प्रमुख सचेतक समेत रहेका खाँडलाई प्रधानमन्त्री देउवाले आजै गृहमन्त्री नियुक्त गर्ने भएका हुन् । यस्तै देउवाले ज्ञानेन्द्र बहादुर कार्कीलाई पनि मन्त्री बनाएका छन् । उनको मन्त्रालयको टुंगो...

जनार्दन शर्मा र पम्फा भुसाल मन्त्री बन्दै

मकवानपुर । नेकपा माओवादी केन्द्रले जनार्दन शर्मा प्रभाकर र पम्भा भुसाललाई सरकारमा पठाउने निर्णय गरेको छ । प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको सरकारमा माओवादीबाट शर्मा र भुषाललाई पठाउने निर्णय भएको हो । माओवादीबाट शर्मा अर्थमन्त्री र भुसाल उर्जामन्त्री बन्ने भएकी हुन् । आजै देउवाको शपथ ग्रहण कार्यक्रम राष्ट्रपति कार्यालयमा राखिएको...

ओलीले भोली बालुवाटार छोड्ने

मकवानपुर । निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीले भोली मात्रै बालुवाटार छोड्ने भएका छन् । आजै भक्तपुरस्थित निवासमा जाने भनिएपनि आज छलफलमा ब्यस्त हुनुपरेका कारण भोली सर्ने भएको ओली निकट नेताहरुले बताएका छन् । सिंहदरबारबाट विदाई सम्बोधन गरेर बालुवाटार पुगेका उनी अहिले एमालेका नेताहरुसँग छलफलमा रहेका छन् ।

‘जनताको लागि कोरोना खोप मैले ल्याइदिएँ, भोलिबाट हामीले ल्यायौँ भन्दै प्रचार गर्नेछन्’

मकवानपुर । निवर्तमान प्रधानमन्त्री एवम् नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफुले आज नेपाली जनताको लागि कोरोना खोप सुनिश्चित गरिदिएको दावी गरेका छन् । सिंहदरबार छाड्नुअघि टेलिभिजन सम्बोधन गर्दै एमाले अध्यक्ष समेत रहेका ओलीले नेपाल खोप उत्पादक नभएपनि छोटो समयमा नै नागरिकलाई खोपको व्यवस्था गरेको दाबी गरे । ‘१...