राजनीति/ समाज
प्रदेश २ – मन्त्रिपरिषद् आज विस्तार गरिँदै, माओवादी सरकारमा सहभागि हुने
मकवानपुर । प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले शनिबार मन्त्रिपरिषद् विस्तार गर्न लागेका छन् । नेकपा माओवादी केन्द्र पनि सरकारमा सहभागी हुने भएपछि मुख्यमन्त्री राउतले मन्त्रिपरिषद् विस्तार गर्न लागेका हुन् । माओवादीले सरकारमा सहभागी हुने मन्त्री चयन गरिसकेको छ । शुक्रबार बसेको संसदीय दलको बैठकले संसदीय दलका नेता भरत...
देउवालाई विश्वासको मत नदिने एमाले स्थायी कमिटीको निर्णय
काठमाडौं । नेकपा एमालेको स्थायी कमिटी बैठकले सरकारलाई समर्थन नगर्ने र विस्वासको मत नदिने निर्णय गरेको छ । एमाले अध्यक्ष केपी शर्मा ओली पक्षका नेताहरुको मात्र उपस्थिति रहेको सो बैठकले कांग्रेस सभापति शेरबहादुर देउवा नेतृत्वको सरकारलाई विश्वासको मत नदिने निर्णय गरेको हो । नेकपा एमालेले पार्टी एकता गर्न बनेको...
स्थायी कमिटीको बैठक रोक्न ओलीले अस्वीकार गरेपछि माधव पक्षका नेताहरु बाहिरिए
काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले स्थायी समिति बैठक रोक्न अस्वीकार गरेपछि माधव नेपाल पक्षका नेताहरु बैठकस्थलबाट बाहिरिएका छन् । ओलीले बोलाएको स्थायी समिति बैठक केही दिन रोक्न र पार्टी एकतामा जोड दिन माग गर्दै उपाध्यक्ष भीम रावल, सुरेन्द्र पाण्डे, भीम आचार्य, घनश्याम भुषाल लगायतका नेताहरू ललितपुरस्थित...
बालुवाटार भित्रिए प्रधानमन्त्री देउवा
काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवा बालुवाटारस्थित सरकारी निवास सरेका छन् । उनी केहीबेरअघि प्रधानमन्त्री निवास बालुवाटार प्रवेश गरेका हुन् । देउवा निकट स्रोतले दिएको जानकारीअनुसार उनी ज्योतिषले दिएको समयमा उनी बालुवाटार प्रवेश गरेका हुन् । देउवा मंगलबार साँझ प्रधानमन्त्री नियुक्त भएपछि निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीले बुधबार बालुवाटारस्थित सरकारी...
बालकोटको बार्दलीमा खुम्चिएको अतिवाद
‘बुझ्नुभो, अब तपाईंहरूले मेरोबारेमा राम्रै–राम्रो मात्र लेख्नुहुनेछ,’ तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले अचानक यसो भन्दा हामी छक्क परेका थियौं । कान्तिपुरले बर्सेनि आयोजना गर्ने म्याराथन कार्यक्रमको उद्घाटन प्रायः प्रधानमन्त्रीबाट हुने गर्थ्यो, ओलीलाई पनि हामीले २०७५ जेठ ५ गते त्यसैका निम्ति कार्यालयमा निम्त्याएका थियौं । उद्घाटन र औपचारिक अन्तरक्रिया सकेर लिफ्टबाट झर्दै...
विश्वासको मत पहिला कि मन्त्रिपरिषद् विस्तार ?
काठमाडौँ । बहुमत जुट्ने देखिएपछि प्रधानमन्त्री शेरबहादुर देउवाले मन्त्रिपरिषद् विस्तारअघि नै विश्वासको मत लिन चाहेका छन् । एमालेका वरिष्ठ नेता माधवकुमार नेपालसँग बुधबार भएको भेट सकारात्मक बनेपछि देउवाको प्राथमिकता विश्वासको मत लिने विषय परेको हो । पाँच राजनीतिक दल आबद्ध गठबन्धनको बिहीबार सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा बसेको बैठकमा विश्वासको मत...
प्रधानमन्त्री देउवा आज बालुवाटारस्थित सरकारी निवासमा सर्दै
काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवा आज बालुवाटास्थित सरकारी निवास सर्न लागेको उनको सचिवालयले जनाएको छ । उनी बिहान १० बजे बालुवाटारस्थित निवासमा सर्न लागेका हुन् । गत मंगलबार प्रधानमन्त्रीमा नियुक्त भएका देउवा बुढानीलकण्ठस्थित निजी निवासमा बस्दै आएका छन् । आज साउने संक्रान्तिको दिन पारेर सामान्य पूजापाठ गरेर उनी बालुवाटार...
प्रजातान्त्रिक पार्टीमा आन्तरिक प्रतिस्पर्धा स्वभाभिक, कांग्रेस एक ढिक्का छ– प्रवक्ता कोइराला
मकवानपुर । नेपाली कांग्रेस मकवानपुरका प्रवक्ता प्रदिप कोइरालाले प्रजातान्त्रिक पार्टीमा आन्तरिक प्रतिस्पर्धा हुनु स्वभाभिक भएको प्रतिक्रिया दिएका छन् । सदस्यता विवादको विषयमा तु खबरसंग कुराकानी गर्दै प्रवक्ता कोइरालाले कांग्रेस प्रजातान्त्रिक पार्टी भएकोले यहाँ सबैले समान रुपमा आफ्नो धारणा अभिव्यक्त गर्न पाउने, सबैको मतको सम्मान हुने र सकारात्मक प्रतिस्पर्धा गर्न...
हेटौँडा–१४ का ३ दर्जनभन्दा बढी व्यक्ति एमालेमा प्रवेश
मकवानपुर । हेटौँडा उपमहानगरपालिका वडा नम्वर १४ का ३ दर्जनभन्दा बढी व्यक्ति नेकपा एमाले (ओली) मा प्रवेश गरेका छन् । बिहिबार हेटौँडा–१४ मयुरधापमा भएको एक कार्यक्रमबीच राप्रपा, नेपाली कांग्रेस, माओवादीलागयत विभिन्न पार्टी परित्याग गरी ३ दर्जनभन्दा बढी व्यक्ति एमालेमा प्रवेश गरेका हुन् । उनीहरुलाई बागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले...
साउन ३ गतेको लागि सरकारले प्रतिनिधिसभा बैठक बोलायो
मकवानपुर । सरकारले साउन ३ गतेको लागि संसद बैठक बोलाएको छ । बिहीबार बसेको मन्त्रिपरिषद बैठकले साउन ३ गते प्रतिनिधिसभाको बैठक बोलाउन राष्ट्रपतिसमक्ष सिफारिस गर्ने निर्णय गरेको गृहमन्त्री बालकृष्ण खाँणले जानकारी दिएका छन् । जेठ ७ गते तत्कालीन मन्त्रिपरिषदको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभा विघटन गरी मध्यावधि निर्वाचन घोषणा...










