प्रधानमन्त्री देउवा भेट्न बालुवाटार पुगे प्रचण्ड

तु खबर संवाददाता
२०७८ श्रावण ५, मंगलवार १३:०७

मकवानपुर । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड प्रधानमन्त्री शेरबहादुर देउवासंग भेट गर्न बालुवाटार पुगेका छन् ।

मंगलबार बिहान नेकपा एमालेका बरिष्ठ नेता माधव कुमार नेपालसंग कोटेश्वर पुगी भेट गरेका प्रचण्ड अहिले बालुवाटार पुगेका हुन् ।

नेता नेपालसंगको भेटमा भने जनता समाजवादी पार्टी नेपाल जसपाका अध्यक्ष उपेन्द्र यादव पनि सहभागि भएको थाहा लागेको छ ।

आइतबार प्रतिनिधिसभाबाट विश्वासको मत पाएर सुरक्षित सरकारको नेतृत्व गरिरहेका देउवा अहिले मन्त्रिमण्डल विस्तारको अभियानमा जुटेका छन् ।
उनले माओवादी, जसपा र माधव नेपाल पक्ष र अन्य दलसंग आवश्यक छलफल अघि बढाएको कांग्रेस स्रोतले बताएको छ ।

मन्त्रिमण्डलमा कुन कुन दलबाट क–कस्लाई समावेश गर्ने भन्ने सन्दर्भमा पनि आजै टुंगो लाग्ने जनाइएको छ ।

अहिले देउवा मन्त्रिमण्डलमा नेपाली कांग्रेसबाट उनीसहित ३ र माओवादी केन्द्रबाट २ जना मन्त्री रहेका छन्।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*