राजनीति/ समाज

जसपाको महन्थ पक्षले पनि प्रधानमन्त्री देउवालाई विश्वासको मत दिने

मकवानपुर । जनता समाजवादी पार्टी जसपा नेपालको महन्थ ठाकुर पक्षले पनिप्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत दिने भएको छ । प्रधानमन्त्री देउवाले ठाकुरलाई पत्र नै पठाएर विश्वासको मत दिन आग्रह गरेका थिए । पत्र पठाएपछि काँग्रेस र जसपा ठाकुर पक्षबीच संघीय संसद् भवनमा छलफल भएको थियो । छलफलमा प्रम देउवाले...

प्रतिनिधिसभा बैठक १५ मिनेटका लागि स्थगित

काठमाडौं । प्रतिनिधिसभा बैठक १५ मिनेटका लागि स्थगित भएको छ । सभामुख अग्नि सापकोटाले १५ मिनेटका लागि बैठक स्थगित गरेका हुन् । अब बस्ने बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवाले विश्वासको मत लिने प्रस्ताव पेश गर्ने कार्यतालिका छ । प्रधानमन्त्री देउवालाई कांग्रेससहित नेकपा माओवादी केन्द्र, जसपाको उपेन्द्र यादव पक्ष र नेकपा...

प्रतिनिधिसभा पुनर्स्थापना भएकोमा सभामुख सापकोटाले दिए बधाई

काठमाडौं । प्रतिनिधिसभा पुनर्स्थापना भएकोमा सभामुख अग्निप्रसाद सापकोटाले सबै सांसदहरुलाई बधाई दिएका छन् । संवैधानिक इजलासले प्रतिनिधिसभा पुनःस्थापनासँगै एक साताभित्र प्रतिनिधिसभाको बैठक राख्न दिएको आदेश अनुसार आइतबार बसेको बैठकमा सभामुख सापकोटाले सबै सांसदलाई बधाई दिएका हुन् । उनले बैठकमा भने, ‘सार्वभौमिक सत्ता र लोकतन्त्रको अभ्यास गर्ने सर्वोच्च जनप्रतिनिधि संस्था...

एमाले उपाध्यक्ष भीम रावलले दिए सांसद पदबाट राजीनामा

काठमाडौं । नेकपा एमालेका उपाध्यक्ष भीम रावलले सांसद पदबाट राजीनामा दिएका छन् । अछाम क्षेत्र नम्बर १ बाट निर्वाचित भएका उनले आइतबार सिंहदरबारमा भएको माधव नेपालपक्षका सांसदहरुको भेलामा राजीनामा दिएका हुन् । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले धारा ७६ (५) अनुसार प्रधानमन्त्रीमा दावी पेश गर्दा भीम रावलसहित एमालेका २६...

प्रतिनिधिसभा बैठकमा उपस्थित हुन कांग्रेसको ह्वीप जारी

काठमाडौं । सत्तारुढ नेपाली कांग्रेसले प्रतिनिधिसभाको आइतबार बस्ने बैठकमा अनिवार्य उपस्थित हुन आफ्ना दलका सांसदहरुलाई ह्वीप जारी गरेको छ । सर्वोच्च अदालतको गत असार २८ गतेको फैसलाबाट पुनर्स्थापित प्रतिनिधिसभाको पहिलो बैठक आज अपरान्ह ४ बजे बोलाइएको छ । आइतबार नै दोस्रो बैठक बस्ने र प्रधानमन्त्री शेरबहादुर देउवाले विश्वासको मत...

राष्ट्रपतिद्वारा संवैधानिक परिषद्सम्बन्धी अध्यादेश खारेज

काठमाडौं । संवैधानिक परिषद्सम्बन्धी विवादस्पद अध्यादेश खारेज भएको छ । राष्ट्रपति विद्यादेवी भण्डारीले शनिबार प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वमा बसेको मन्त्रिपरिषद बैठकको सिफारिसअनुसार अध्यादेश खारेज गरेकी हुन् । तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले ३० मंसिरमा बहुमत सदस्यले सवैधानिक निकायहरुमा नियुक्तिको निर्णय गर्न सक्ने गरी अध्यादेश ल्याएका थिए । अध्यादेश नल्याएको...

प्रधानमन्त्री देउवालाई विश्वासको मत दिन एमाले नेता खनालको आह्वान्

काठमाडौं । नेकपा एमालेका बरिष्ठ नेता एवम् पूर्व प्रधानमन्त्री झलनाथ खनालले प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत दिन एमालेका सांसदहरुलाई आह्वान गरेका छन् । भारतको नयाँदिल्लीस्थित एपोलो अस्पतालमा उपचाररत खनालले आइतबार विज्ञप्ति जारी गर्दै आफ्नो पनि मत देउवालाई नै रहेको उल्लेख गरेका छन् । म नेकपा एमालेका संसदीय दलका सम्पूर्ण...

देउवालाई विश्वासको मत दिनेहरु एमालेमा रहँदैनन् – ओली

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत नदिने र कसैले दिएमा उनीहरु एमालेमा रहन नसक्ने बताएका छन् । ‘पार्टीको निर्णय विपरीत ज–जसले विश्वासको मत दिन्छन्, उनीहरु पार्टीमा रहन सक्दैनन् ।’ ओली पक्षको बैठकमा घोषणा गरिएको छ । सर्वोच्च अदालतको २८ असारको फैसलापछि संविधानको...

माओवादी केन्द संसदीय दलको बैठक जारी

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले आज संसदबाट विश्वासको मत लिन लागेको विषयमा छलफल गर्न माओवादी केन्द्रको संसदीय दलको बैठक जारी छ । सिंहदरबारमा जारी सो बैठकमा राष्ट्रिय सभा र प्रतिनिधिसभाका सांसदहरु उपस्थित भएका छन् । गत मंगलबार प्रधानमन्त्रीमा नियुक्त भएका नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आइतबार अपराह्न बस्ने संसद...

दोस्रो बैठकमा प्रधानमन्त्री देउवाले विश्वासको मत लिने संसदको कार्यसूची तय

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले आज विश्वासको मत लिँदैछन् । आज बस्ने प्रतिनिधिसभाको दोस्रो बैठकमा उनले विश्वासको मत लिने भएका हुन् । केहीबेरअघि सम्पन्न भएको कार्यव्यवस्था परामर्श समितिको बैठकले दोस्रो बैठकमा विश्वासको मत लिने कार्यसूची तय गरेको हो । यसअघि नै कानुन तथा संसदीय मामिला मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले प्रधानमन्त्रीले...