राजनीति/ समाज
प्रचण्डको सुरक्षा फेरि डीएसपीकै कमान्डमा
काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष एवम् पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको सुरक्षा बढाइएको छ । केपी शर्मा ओलीले घटाएको सुरक्षा ‘थ्रेट’ भएको भन्दै शेरबहादुर देउवा प्रधानमन्त्री भएसंगै बढाइएको हो । ओली नेतृत्वको सरकारले प्रचण्डको सुरक्षामा रहेका डिएसपीलाई हटाएर नेपाल प्रहरीका सईको कमाण्डमा टोली खटाएको थियो । तर, देउवा...
प्रधानमन्त्री देउवा भेट्न बालुवाटार पुगे प्रचण्ड
मकवानपुर । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड प्रधानमन्त्री शेरबहादुर देउवासंग भेट गर्न बालुवाटार पुगेका छन् । मंगलबार बिहान नेकपा एमालेका बरिष्ठ नेता माधव कुमार नेपालसंग कोटेश्वर पुगी भेट गरेका प्रचण्ड अहिले बालुवाटार पुगेका हुन् । नेता नेपालसंगको भेटमा भने जनता समाजवादी पार्टी नेपाल जसपाका अध्यक्ष उपेन्द्र यादव...
सर्तसहित कक्षा १२ को परिक्षा साउनभित्रै हुने
काठमाडौं । कक्षा १२ को वार्षिक परिक्षा संचालनको लागि कोभिड–१९ संकट व्यवस्थापन केन्द्र सिसिएमसीले राष्ट्रिय परिक्षा बोर्डलाई अनुमति दिएको छ । सिसिएमसीले परिक्षा संचालनको लागि विभिन्न सर्त राखेर बोर्डलाई अनुमति दिएको हो । बोर्डले गत असार तेस्रो साता शिक्षा विज्ञान प्रविधि मन्त्रालयसंग परिक्षा संचालनको लागि अनुमति माग गर्दै आएको...
एमाले अध्यक्ष ओलीसंग विप्लव नेताहरुको भेट
काठमाडौं । नेत्र विक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका नेताहरुले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसंग भेटवार्ता गरेका छन् । ओली निवास बालकोटमा महासचिव विप्लवसहित नेताहरु खड्गबहादुर विश्वकर्मा प्रकाण्ड, धर्मेन्द्र वास्तोलालगायतका नेताहरु पुगेका छन् । भेटमा विप्लव समूहले आफुहरुसंग भएको ३ बुँदे सहमति कार्यान्वयनमा ढिलाई भएको गुनासो गरेका...
प्रचण्ड र माधव नेपालबीच भेटवार्ता
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एमालेका बरिष्ठ नेता माधव नेपालबीच भेटवार्ता भएको छ । प्रचण्ड र नेपालबीच मंगलबार बिहान नेपाल निवास कोटेश्वरमा भेटवार्ता भएको हो । नेपाललाई भेट्न मंगलबार बिहान सवा आठ बजे प्रचण्ड कोटेश्वर पुगेका थिए । प्रचण्ड फर्किएलगत्तै नेपाल निवासमा जनता समाजवादी पार्टी...
हेटौंडामा माधव नेपाल र विरोध खतिवडाको पुत्ला दहन
मकवानपुर । हेटौंडामा नेकपा एमालेका बरिष्ठ नेता माधव नेपाल र प्रतिनिधिसभाका सांसद विरोध खतिवडाको सोमबार पुत्ला दहन गरिएको छ । पार्टीको निर्देशनविपरित प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत दिएको भन्दै एमालेनिकट युवा विद्यार्थीले नेता नेपाल र सांसद खतिवडाको पुत्ला दहन गरेका हुन् । ती युवा विद्यार्थीहरुले नेता नेपाल र सांसद...
बागमती प्रदेशको नेतृत्वमा इन्द्र बानियाँको संभावना कति ?
मकवानपुर । केन्द्रीय तहमा फेरिएको राजनीतिक समिकरण र नेकपा एमालेभित्रको अन्तरविरोधका कारण बागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेल संकटमा परेका छन् । प्रधानमन्त्री शेरबहादुर देउवाले आइतबार प्रतिनिधिसभाबाट विश्वासको मत लिएसंगै मुख्यमन्त्री पौडेल नेतृत्वको बागमती सरकारको आयु पनि धरापमा परेको हो । एमालेकै सांसदहरुले देउवालाई विश्वासको मत दिएपछि पार्टी अध्यक्ष केपी...
ओलीले स्पष्टिकरण सोधेपछि माधव पक्ष छलफलमा
काठमाडौं । अध्यक्ष केपी ओलीले स्पष्टिकरण सोध्ने निर्णय गरेपछि नेकपा एमालेका बरिष्ठ नेता माधवकुमार नेपाल समूहका नेताहरु छलफल गरिरहेका छन् । आइतबार प्रधानमन्त्री शेरबहादुर देउवालाई माधव नेपालसहित उनी पक्षीय २२ जनाले विश्वासको मत दिएका थिए । सोमबार बसेको एमाले केन्द्रीय कमिटीले माधव नेपाल समूहका २२ नेताहरुलाई २४ घण्टे स्पष्टीकरण...
४ बजे मन्त्रिपरिषद बैठक बस्दै
मकवानपुर । प्रधानमन्त्री शेरबहादुर देउवाले मन्त्रिपरिषद बैठक आह्वान गरेका छन् । देउवाले आज दिउँसो ४ बजेका लागि मन्त्रिपरिषद् बैठक बोलाएका हुन् । बैठक प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा बस्नेछ । आजको बैठकले केही महत्वपूर्ण निर्णय गर्न सक्ने जनाइएको छ ।
माधव नेपाललाई अध्यक्ष बनाउन सकिँदैन – ओली
मकवानपुर । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले बरिष्ठ नेता माधव नेपाललाई कम्यूनिष्ट आन्दोलनको गद्दार भन्दै टिप्पणी गरेका छन् । एमालेको २२ सांसदले प्रधानमन्त्री शेरबहादुर देउवालाई मत दिन पार्टीका लागि शर्मनाक भएको उनले बताए । ओलीले सरकार ढालेर अपराध गर्नेलाई माधव नेपाललाई बहुमत दिएर अध्यक्ष बनाउन नसकिने बताए ।...










