निर्वाचन आयोगले दियो उपेन्द्र यादव पक्षलाई जसपाको आधिकारिता

तु खबर संवाददाता
२०७८ श्रावण ११,सोमबार १७:३०

काठमाडौं । जनता समाजवादी पार्टी जसपाको आधिकारिकता निर्वाचन आयोगबाट उपेन्द्र यादव पक्षले पाएको छ ।

केन्द्रीय कार्यकारिणी समितिमा उपेन्द्र यादवको पक्षमा बहुमत भएकाले आयोगले सोमबार यादव पक्षलाई जसपाको आधिकारिकता दिएको हो ।

जसपाका अध्यक्षद्वय महन्थ ठाकुर र उपेन्द्र यादव पक्षबीच आधिकारिता सम्बन्धी विवाद भएपछि निर्वाचन आयोगले केन्द्रीय कार्यकारिणी समितिका सदस्यलाई बोलाएर आयोगमै सनाखत गर्न लगाएको थियो ।

कूल ५१ सदस्यीय कार्यकारिणी सदस्यमध्ये ३४ सदस्यले अध्यक्ष यादवको पक्षमा हस्ताक्षर गरेका छन् भने ठाकुरको पक्षमा १६ जना मात्रै सदस्यले हस्ताक्षर गरेका हुन् । जेल सजाय भोगिरहेका जसपाका सांसद रेशम चौधरीले भने निर्वाचन आयोग पुगेर आफु तटस्थ रहेको बताएका छन् ।