राजनीति/ समाज

माधव नेपाल पक्षलाई एमालेले सोघ्यो २४ घण्टे स्पष्टीकरण

मकवानपुर । नेकपा एमालेले माधव नेपाल पक्षलाई २४ घण्टे स्पष्टिकरण सोध्ने निर्णय गरेको छ । पार्टीको निर्देशनविपरित शेरबहादुर देउवालाई प्रधानमन्त्रीमा विश्वासको मत दिने २२ सांसदलाई स्पष्टिकरण सोध्ने निर्णय गरेको हो । सोमबार बसेको केन्द्रीय कमिटी बैठकमा उनीहरुले पार्टी अनुशासन उलंघन गरेको भन्दै कारबाही गर्ने प्रस्ताव पेश भएकोमा २४ घण्टाभित्र...

एमालेको १० औं केन्द्रीय समिति बैठक सुरु

मकवानपुर । नेकपा एमालेको १० औं केन्द्रीय समिति बैठक सुरु भएको छ । ललितपुरस्थित तुलसीलाल आमात्य प्रतिष्ठानमा जारी बैठकमा पार्टीको विधान अधिवेशन, पार्टीको ह्वीप उलङ्घन गर्ने नेतामाथिको कारवाही लगायतका विषयमा छलफल हुने नेताहरुले बताएका छन् । बैठकमा वरिष्ठ नेता माधवकुमार नेपाल पक्षका नेताहरु भने सहभागी भएका छैनन् । प्रतिनिधि...

मुख्यमन्त्री पौडेल नेतृत्वको सरकार संकटमा

मकवानपुर । केन्द्रीय तहमा राजनीतिक समिकरण बद्लिएसंगै बागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेल संकटमा परेका छन् । प्रधानमन्त्री शेरबहादुर देउवाले आइतबार प्रतिनिधिसभाबाट विश्वासको मत लिएसंगै मुख्यमन्त्री पौडेल नेतृत्वको बागमती सरकारको आयु पनि धरापमा परेको छ । एमालेको स्पष्ट बहुमतका कारण अंकगणितीय रुपमा सुरक्षित देखिएका मुख्यमन्त्री पौडेल आफ्नै दल भित्रको अन्तरविरोधका...

एमाले विभाजन भए बागमती सरकार फेरिन्छ– विरोध खतिवडा

मकवानपुर । प्रतिनिधिसभा सदस्य एवम् नेकपा एमालेको माधव पक्षका नेता विरोध खतिवडाले बागमती प्रदेश सरकार फेरबदल हुनसक्ने बताएका छन् । उनले केन्द्रीय राजनीतिको प्रत्येक्ष असर प्रदेशहरुमा पनि पर्ने भएकोले सरकार फेरबदल हुनसक्ने बताए । नेकपा एमाले आधिकारिक रुपमा विभाजन नभएको वर्तमान अवस्थामा सरकार के हुन्छ, कसरी जान्छ भन्नेबारे एकिन...

‘निर्देशन प्राप्त हुनासाथ मुख्यमन्त्री पौडेलविरुद्ध अविस्वास प्रस्ताव दर्ता हुन्छ’

मकवानपुर । नेपाली कांग्रेस बागमती प्रदेशका सचेतक छिरिङ दोर्जे लामाले मुख्यमन्त्री डोरमणि पौडेल नेतृत्वको सरकार पूर्ण रुपमा असफल सावित भइरहेकोले अबको केही दिनमा नै सरकार परिवर्तन हुने बताएका छन् । तु खबरसंग कुराकानी गर्दै सचेतक लामाले प्रतिगमनकारी, स्वेच्छाचारी, संविधान र लोकतन्त्र विरोधी गतिविधि गर्नेलाई नेतृत्वबाट हटाइने बताए । ‘केन्द्रमा...

भारतीय प्रधानमन्त्री मोदीले दिए देउवालाई बधाई

काठमाडौं । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नवनियुक्त प्रधानमन्त्री शेरबहादुर देउवालाई बधाई दिएका छन् । देउवाले आइतबार प्रतिनिधिसभाबाट विश्वासको मत लिएसंगै भारतीय प्रधानमन्त्री मोदीले बधाई दिएका हुन् । उनले देउवालाई सफल कार्यकालको बधार्इ दिएका छन् । साथै सबै क्षेत्रमा सहकार्यका साथै जनता–जनताबीचको सम्बन्धलाई अझै प्रगाढ बनाउने आशा व्यक्त गरेका छन्...

मकवानपुरका बिरोध खतिवडासहित एमाले सांसदद्वारा कांग्रेस सभापति देउवाको पक्षमा मतदान

हेटौंडा । मकवानपुर क्षेत्र नम्बर २ बाट निर्वाचित नेकपा एमालेका साँसद विरोध खतिवडाले पनि नेपाली काँग्रेसका सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत दिएका छन् । आज प्रतिनिधिसभामा प्रधानमन्त्री देउवाले विश्वासको मत लिएका थिए । उनलाई नेकपा एमालेका खतिवडासहित २२ जना साँसदले विश्वासको मत दिएका हुन् । विश्वासको मत...

प्रधानमन्त्री शेरबहादुर देउवाले पाए विश्वासको मत

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेर बहादुर देउवाले प्रधानमन्त्री पदमा संसदबाट विश्वासको मत प्राप्त गरेका छन् । आज साँझ प्रतिनिधि सभामा भएको मतदानमा प्रधानमन्त्री पदमा शेर बहादुर देउवाले विश्वासको मत प्राप्त गरेका हुन् । शेरबहादुर देउवाले कूूल १६५ जना सांसदहरुको मत प्राप्त गरी विश्वासको मत प्राप्त गरेका हुन् ।...

यस्तो छ प्रधानमन्त्री देउवाको सम्बोधन (पूर्णपाठसहित)

काठमाडौं । प्रधानमन्त्री शेरबहादु्र देउवाले आज प्रतिनिधिसभाबाट विश्वासको मत लिँदैछन् । उनले प्रतिनिधिसभाको दोस्रो बैठकबाट विश्वासको मत लिँदै छन् । उनले संसदमा विश्वासको मत लिने क्रममा प्रतिनिधिसभालाई सम्बोधन गर्दै संविधान र लोकतन्त्रको रक्षा तथा देश र जनताको लागि सबै दलहरुले आफुलाई विश्वासको मत दिनु आवश्यक रहेको बताए । मन्तव्यको...

प्रधानमन्त्री देउवाले पेश गरे प्रतिनिधिसभामा विश्वासको मत सम्बन्धी प्रस्ताव

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले प्रतिनिधिसभामा विश्वासको मतसम्बन्धी प्रस्ताव पेस गरेका छन् । आइतबार प्रतिनिधिसभाको दोस्रो बैठकमा प्रधानमन्त्री देउवाले विश्वासको मतसम्बन्धी प्रस्ताव पेस गरेका हुन् । उनले सभामुख अग्निप्रसाद सापकोटाको अनुमतिमा विश्वासको मतसम्बन्धी प्रस्ताव पेस गरेका हुन् । सभामुख सापकोटाले संविधानको धारा ७६ को उपधारा ६ बमोजिम विश्वासको मतसम्बन्धी...