कांग्रेस पदाधिकारी बैठक बस्दै

तु खबर संवाददाता
२०७८ श्रावण ९, शनिबार ०९:१५
file photo

नेपाली काँग्रेस पदाधिकारी तथा पूर्व पदाधिकारी बैठक बस्दै छ । प्रधानमन्त्री तथा पार्टी सभापति शेरबहादुर देउवाको निजी निवास बूढानीलकण्ठमा विहान ९ बजेपछि बैठक बस्दै छ ।

पार्टीको १४ औं महाधिवेशन र क्रियाशील सदस्यता विवादका सन्दर्भमा शुक्रबारदेखि काँग्रेस शीर्षस्थ नेताहरु बैठक जारी छ ।

आगामी भदौँ १६ गतेका लागि तय गरिएको महाधिवेशनको कार्यतालिका प्रभावित हुने देखिएपछि त्यसको निकासका लागि नेताहरु छलफलमा छन् । काँग्रेसले वडा तहको अधिवेशन यही १२ साउनबाट सुरु गर्नेगरी कार्यतालिका बनाएको थियो । सो कार्यतालिका प्रभावित हुने निश्चित भइसकेको छ ।

अब काँग्रेसको वडा तहको अधिवेशन साउन अन्तिममा गर्नेगरी सार्ने तयारी गरिएको छ । तर मिति भने तय भइसकेको छैन ।