एकताको नाममा अपमान सहेर पार्टीमा बस्न सकिँदैन : नेपाल
काठमाडौं । नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले एकताको नाममा अपमान सहेर पार्टी भित्र बस्न नसकिने बताएका छन् ।
नेता नेपालले बिहिबार कम्युनिष्ट पार्टीका संस्थापक महासचिव पुष्पलाल श्रेष्ठको स्मृतिको अवसरमा काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै सो कुरा बताएका हुन् ।
नेता नेपालले पार्टीलाई घरसँग तुलना गर्दैै कोही पनि त्यत्तिकै घरबाट निस्कन नचाहने बताउँदै क्रान्तिकारी पार्टी बनाउन हरसम्भव प्रयास गर्ने तर पार्टी भित्र एकताको नाममा अपमान सहेर नबस्ने स्पष्ट पारेका हुन् ।
नेता नेपालले बाँदर जुलुस निकाल्ने, कहिले बरन्डामा उफ्रिने नाटक मञ्चन भईरहेको उल्लेख गर्दै त्यसबाट पार्टीलाई मुक्त गर्न नेपाल कम्युनिष्ट पार्टीका संस्थापक महासचिव पुष्पलाल श्रेष्ठको स्मृति दिवसले प्रेरित गर्न सकोस् भनि कामना समेत गरे ।
उनले पार्टी एक ढिक्का भएर मात्रै नहुने टिप्पणी गर्दै पार्टी नाम र चुनाव चिन्हले नभई सुनामले अघि बढने उल्लेख गरे ।
नेता नेपालले देश र जनताप्रति समर्पित भएर अघि बढाउने ध्येयका साथ नेपालमा पुष्पलाल श्रेष्ठले कम्युनिष्ट पार्टी स्थापना गरेको पनि स्मरण गराएका थिए ।
