ओलीले स्पष्टिकरण सोधेपछि माधव पक्ष छलफलमा

तु खबर संवाददाता
२०७८ श्रावण ४, सोमबार १८:३१
Madhav- kumar- nepal

काठमाडौं । अध्यक्ष केपी ओलीले स्पष्टिकरण सोध्ने निर्णय गरेपछि नेकपा एमालेका बरिष्ठ नेता माधवकुमार नेपाल समूहका नेताहरु छलफल गरिरहेका छन् ।

आइतबार प्रधानमन्त्री शेरबहादुर देउवालाई माधव नेपालसहित उनी पक्षीय २२ जनाले विश्वासको मत दिएका थिए । सोमबार बसेको एमाले केन्द्रीय कमिटीले माधव नेपाल समूहका २२ नेताहरुलाई २४ घण्टे स्पष्टीकरण सोध्ने निर्णय गरेको थियो ।

ओलीले स्पष्टीकरण सोधेपछि सम्भावित रणनीति बनाउन तथा एकता प्रक्रिया र आगामी राजनीतिक यात्राबारे छलफल आयोजना गरिएको नेपाल निकट स्रोतले बताएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*