माधव नेपाल सरकारमा नजाने
काठमाडौं । नेकपा एमालेको माधव नेपाल पक्ष तत्काल सरकारमा नजाने भएको छ ।
नेकपा एमालेको माधव समूह तत्काल सरकारमा नजाने भएको छ । माधव पक्षले प्राविधिक कारण देखाउँदै तत्काल सरकारमा नजाने बताएको छ ।
प्रधानमन्त्री शेरबहादुर देउवाले प्रतिनिधि सभाबाट विश्वासको मत पाएसँगै गठबन्धनमा सामेल राजनीतिक दलहरूलाई समेटेर मन्त्रिमण्डल विस्तार गर्ने तयारी गरेका थिए ।
मंगलबार बिहानमात्रै माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले एमाले नेता माधव नेपाललाई भेटेर सरकारमा सहभागी हुन आग्रह गरेका थिए । साथै उनीहरुबीच साझा कार्यक्रम बनाएर सरकार सञ्चालन गर्नेबारेमा समेत छलफल भएको थियो ।
प्रचण्डले सोही विषयमा मंगलबारै प्रधानमन्त्री देउवासँग समेत बालुवाटार पुगेर छलफल गरेका छन् । उक्त भेटमा प्रधानमन्त्री देउवा र अध्यक्ष प्रचण्डबीच साझा कार्यक्रम बनाएर प्रभावकारी ढंगले सरकार सञ्चालन गर्न दुवै नेता सहमत भएका थिए ।
