एमाले अध्यक्ष ओलीसंग विप्लव नेताहरुको भेट
काठमाडौं । नेत्र विक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका नेताहरुले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसंग भेटवार्ता गरेका छन् ।
ओली निवास बालकोटमा महासचिव विप्लवसहित नेताहरु खड्गबहादुर विश्वकर्मा प्रकाण्ड, धर्मेन्द्र वास्तोलालगायतका नेताहरु पुगेका
छन् ।
भेटमा विप्लव समूहले आफुहरुसंग भएको ३ बुँदे सहमति
कार्यान्वयनमा ढिलाई भएको गुनासो गरेका थिए ।
अध्यक्ष ओलीले पनि सरकार भए पनि विपक्षमा रहे पनि सहमतिबारे आफ्नो धारणा एक रहने जवाफ दिएका छन् ।
विप्लव नेताहरुले यसअघि नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र एमालेकै बरिष्ठ नेता माधव नेपालसंग पनि भेट गरेका छन् ।
