राजनीति/ समाज
सिंहदरबारमा मन्त्रिपरिषद बैठक सुरु
मकवानपुर । सिंहदरबारमा मन्त्रिपरिषदको बैठक सुरु भएको छ । मन्त्रिपरिषद बैठकले राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष संसद बैठक (अधिवेशन) बोलाउन सिफारिस गर्ने तयारी गरेको जनाइएको छ । यसअघि सर्वोच्च अदालतले आगामी साउन ३ गते संसद बैठक डाक्न परमादेश जारी गरेको थियो ।
बहुमत पुग्ने पक्का भएपछि मात्रै देउवाले विश्वासको मत लिने
मकवानपुर । नवनियुक्त प्रधानमन्त्री शेरबहादुर देउवाले बहुमत पुग्ने परिपक्क भएपछि मात्रै विस्वासको मत लिने दिन तय गर्ने भएका छन् । उनले प्रधानमन्त्री नियुक्त भएको मितिले ३० दिनभित्र प्रतिनिधि सभाबाट विश्वासको मत लिनुपर्ने हुन्छ । अर्थात उनले अब २८ दिनभित्र विश्वासको मत लिनुपर्ने हुन्छ । देउवालाई विस्वासको मत दिने पक्षमा...
दिउँसो २ बजे मन्त्रिपरिषद् बैठक बस्दै
मकवानपुर । प्रधानमन्त्री शेरबहादुर देउवाले मन्त्रिपरिषद् बैठक आह्वान गरेका छन् । देउवाले दिउँसो २ बजेका लागि मन्त्रिपरिषद् बैठक बोलाएको कानुन, न्याय तथा संसदीय मामिला मन्त्री तथा सरकारका प्रवक्ता ज्ञानेन्द्र बहादुर कार्कीले जानकारी दिए । बैठक प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा बस्नेछ ।
प्रधानमन्त्री देउवालाई विश्वासको मत दिने माधव नेपालको बचन
मकवानपुर । नेकपा एमालेका बरिष्ठ नेता माधव कुमार नेपालले नवनियुक्त प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत दिने बचन दिएका छन् । बुधबार प्रधामन्त्री देउवा नेता नेपाललाई भेट्न उनकै निवास कोटेश्वरमा पुगेका थिए । भेटमा नेता नेपालले देउवालाई आफ्नो पक्षको सांसद्हरुले विश्वासको मत दिने आश्वासन दिएका छन् । नेता नेपालले आफ्नो...
कांग्रेस माओवादी गठबन्धमा सहभागी जनमोर्चा सरकारमा नजाने
काठमाडौं । नेपाली कांग्रेस– नेकपा माओवादी गठबन्धनमा सहभागी दल राष्ट्रिय जनमोर्चाले सरकारमा नजाने निर्णय गरेको छ । बुधबार बसेको राष्ट्रिय जनमोर्चाको केन्द्रीय कमिटी बैठकले सरकारमा सहभागी नहुने निर्णय गरेको जनमोर्चाकी उपाध्यक्ष दुर्गा पौडेलले जानकारी दिइन् । ‘हाम्रो पार्टीले सरकारमा सहभागी नहुने निर्णय गरेको छ,’ पौडेलले भनिन्, तर बाहिरैबाट देउवा...
१० लाख धरौटी बुझाएर रिहा भए गच्छदार
मकवानपुर । बालुवाटार जग्गा प्रकरणमा भ्रष्टाचार मुद्धा खेपेका विजयकुमार गच्छदार धरौटी बुझाएर रिहा भएका छन् । नेपाली कांग्रेसका उपसभापतिसमेत रहेका गच्छदार विशेष अदालतमा बुधबार १० लाख रुपैयाँ धरौटी बुझाएर रिहा भएका हुन् । ललिता निवासको जग्गा व्यक्तिको नाममा दर्ता गरेको अभियोग लागेका गच्छदार लामो समय फरार रहेर बुधबार विशेष...
प्रचण्ड र विप्लवबीच भेटवार्ता
काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड र नेत्रविक्रम चन्द विप्लवका नेताबीच बुधबार भेटवार्ता भएको छ । विप्लव प्रचण्डलाई भेट्न धर्मेन्द्र बास्तोलालाई लिएर प्रचण्ड निवास खुमलटार पुगेका हुन् । ओली सरकारका पालामा वार्ता गरेर शान्तिपूर्ण राजनीतिमा आएको विप्लव समूहले आफ्ना बन्दीहरुको रिहाइको माग गर्दै आइरहेको छ । विप्लवले पूर्व...
नेपाललाई भेट्न काटेश्वर पुगे प्रधानमन्त्री देउवा
काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवा नेकपा एमालेका वरिष्ठ नेता माधव नेपालको निवास पुगेका छन् । प्रधानमन्त्री देउवा बुधबार अपरान्ह नेपाललाई भेट्न उनको निवास कोटेश्वर पुगेका हुन् । मंगलबार मात्रै प्रधानमन्त्री पदमा नियुक्त भएका देउवाले एमाले विवादमा सरकारका तर्फबाट गर्न सकिने सहजीकरणका लागि नेपालसँग छलफल गरेको बुझिएको छ । आज...
देउवाले बोलाए पदाधिकारी बैठक
काठमाडौं । प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टी पदाधिकारी तथा पूर्व पदाधिकारीको बैठक बोलाएको छ । सभापति दउवाले बैठक बिहिबार दिउँसो २ बजेका लागि बोलाएका हुन् । सरकारका प्राथमिकता, मन्त्रिमण्डल विस्तार र पार्टीको १४ औै महाधिवेशनका लागि छलफल गर्न पदाधिकारी बैठक बोलाइएको देउवाका स्वकीय सचिव भानु देउवाले...
लाजशरम नभएका माधव नेपाललाई एमालेमा ठाउँ छैन – केपी ओली
मकवानपुर । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले बरिष्ठ नेता माधव नेपाललाई अब पार्टीमा ठाउँ नभएको बताएका छन् । विपक्षी गठबन्धनमा लागेर पार्टी नेतृत्वकै सरकार ढाल्ने माधव नेपाललाई पार्टीमा कुनै ठाउँ नभएको उनले बताए । प्रधानमन्त्री पद गुमेपछि सरकारी निवास बालुवाटार छाडेर निजी निवास बालकोट पुगेका उनले बुधबार कार्यकर्तालाई...









