माधव नेपाललाई अध्यक्ष बनाउन सकिँदैन – ओली
मकवानपुर । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले बरिष्ठ नेता माधव नेपाललाई कम्यूनिष्ट आन्दोलनको गद्दार भन्दै टिप्पणी गरेका छन् ।
एमालेको २२ सांसदले प्रधानमन्त्री शेरबहादुर देउवालाई मत दिन पार्टीका लागि शर्मनाक भएको उनले बताए ।
ओलीले सरकार ढालेर अपराध गर्नेलाई माधव नेपाललाई बहुमत दिएर अध्यक्ष बनाउन नसकिने बताए ।
नेता नेपालले कम्युनिस्ट आन्दोलन समाप्त पार्न लागेको ओलीको आरोप छ । उनले भने, ‘पार्टीमा आउन चाहने साथीहरु आउनुस्, स्वागत छ । तर माधव नेपाललाई यस पार्टीमा स्वागत छैन ।’
