राजनीति/ समाज
दलीय व्यवस्था बलियो भयो कि निर्धो ? यसको निर्णय भविष्यमा हुनेछ –ओली
मकवानपुर । निवर्तमान प्रधानमन्त्री एवम् नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सर्वोच्च अदालतको फैसलाले दलीय व्यवस्था निर्धो बनाएको आरोप लगाएका छन् । मंगलबार दिउँसो देशवासीका नाममा सम्बोधन गर्दै उनले सर्वोच्चको फैसलाले राजनीतिक स्थायीत्व भयो कि भएन भन्ने भविष्यमा थाहा हुने बताए । ‘मुलुकको राजनीति लामो समयसम्म रहिरहनेछ। लोकतन्त्रको सृदृढीकरणमा...
प्रधानमन्त्री जनताको जनादेशबाट बन्ने हो, सर्वोच्चको परमादेशबाट होइन-ओली
मकवानपुर । प्रधानमन्त्री केपी शर्मा ओलीले आफु सरकारबाट बाहिरिँदै गर्दा सर्वोच्च अदालतमाथि सबै दोष थुपारिदिएका छन् । उनले आफुलाई जनताको जनादेश भएपनि सर्वोच्चले निश्चित व्यक्तिको निश्चित महत्वकांक्षा पुरा गर्न परमादेश जारी गरेको आरोप लगाए । आफुले सदनबाट मुलुकलाई किनार लगाउन कठिन भएपनि ताजा जनादेशमा जान खोज्दा अदालतले जनताको जनादेशको...
सर्वोच्चले लोकतन्त्रको धज्जी उडायो– केपी ओली
मकवानपुर । प्रधानमन्त्री केपी शर्मा ओलीले देशवासीको नाममा संबोधन गरिरहेका छन् । उनले सर्वोच्चको फैसलाले लोकतन्त्र र संविधानको धज्जी उडाएको टिप्पणी गरे । अदालतले निर्दलीय व्यवस्थाको परिकल्पना गरेको उनले बताए । निश्चित व्यक्तिको निश्चित महत्वकांक्षाका लागि कानूनको अपब्याख्या सर्वोच्चले गरेको उनले आरोप लगाए । उनले सर्वोच्च अदालतप्रति लक्षित गर्दै...
कांग्रेस सभापति देउवा प्रधानमन्त्री नियुक्त
मकवानपुर । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा प्रधानमन्त्री नियुक्त भएका छन् । राष्ट्रपति विद्यादेवी भण्डारीले देउवालाई प्रधानमन्त्री नियुक्त गरेकी हुन् । सर्वोच्च अदालतले मंगलबार अपरान्ह ५ बजेसम्म देउवालाई प्रधानमन्त्री नियुक्त गर्न परमादेश दिएको थियो । सोही अनुसार राष्ट्रपतिले मंगलबार दिउँसो देउवालाई प्रधानमन्त्री नियुक्त गरेको राष्ट्रपति कार्यालयले जनाएको छ ।...
बागमती सरकार पुनर्गठन जरुरी छ–अष्टलक्ष्मी शाक्य
मकवानपुर । नेकपा एमाले बागमती प्रदेश संसदीय बोर्डकी सदस्य अष्टलक्ष्मी शाक्यले बागमती प्रदेश सरकार पुनर्गठन जरुरी भएको प्रतिक्रिया दिएकी छिन् । उनले तु खबरसंग कुराकानी गर्दै वर्तमान राजनीतिक घटनाक्रमले बागमती प्रदेशको सरकार पुनर्गठन हुनसक्ने अवस्था सृजना गरेको बताइन् । उनले केन्द्रको राजनीतिले बागमती प्रदेश तहमा ठूलो समस्या देखा नपर्ने...
विवेकशील पार्टी हेटौंडा उपमहानगर समिति घोषणा
मकवानपुर । विवेकशील पार्टी हेटौंडा उपमहानगर समितिले घोषणा गरिएको छ । सोमबार रविभक्त दाहाल संयोजक र सृष्टि कठायत उपसंयोजक रहनेगरी १२ सदस्यीय हेटौंडा उपमहानगर समिति घोषणा गरिएको हो। नवगठित समितिका सदस्यहरुमा अमोद भण्डारी, सोम राई, भानुभक्त दाहाल, सन्तोषी खड्का, भैरवी पन्त, सरिता अधिकारी, सचिन संजेल, सन्तोष थापामगर, अन्जना फुयाँल...
बालकोट जानुअघि ओलीले देशवासीको नाममा सम्बोधन गर्ने
मकवानपुर । प्रधानमन्त्री केपी शर्मा ओलीले देशवासीको नाममा विशेष सम्बोधन गर्ने भएका छन् । आज दिउँसो २ बजे ओलीले सम्बोधन गर्ने कार्यक्रम तय भएको उनका प्रेस सल्लाहकार सुर्य थापाले जानकारी दिए । सर्वोच्च अदालतले सोमबार संसद विघटन बदर गर्दै शेरबहादुर देउवालाई २८ घन्टाभित्र प्रधानमन्त्रीमा नियुक्त गर्न आदेश दिएको थियो...
मन्त्रीबारे छलफल गर्न माओवादी केन्द्रको बैठक बस्दै
मकवानपुर । नेकपा माओवादी केन्द्रको स्थायी कमिटीको बैठक जारी छ । बैठकमा कांग्रेस सभापति शेरबहादुर देउवा नेतृत्वको सरकारका माओवादी केन्द्रबाट को–को मन्त्री बन्ने भन्ने विषयमा छलफल भइरहेको छ । सर्वोच्च अदालतले कांग्रेस सभापति देउवालाई प्रधानमन्त्री नियुक्त गर्न परमादेश जारी गरेसंगै आज देउवा प्रधानमन्त्री पदमा नियुक्त हुँदैछन् । उनले आजै...
दुई तिहाइबाट सडकमा
काठमाडौँ । २०७४ सालको प्रतिनिधिसभा र प्रदेशसभा चुनावमा वाम गठबन्धनको नेतृत्व गर्दै देश दौडाहामा निस्कँदा केपी शर्मा ओलीले जनसभाहरूमा भन्ने गर्थे, ‘बहुमत पाए राजनीतिक स्थिरता कायम गर्छौं, विकास र समृद्धिको मूल फुटाउँछौं ।’ नभन्दै जनताले उनका कुरा पत्याए, चुनावमा एमाले र माओवादी केन्द्रको गठबन्धनलाई बहुमत दिए । त्यही बहुमतको बलमा २०७४...
पाँचौ पटक प्रधानमन्त्री बने देउवा, नियुक्ती र सपथ आज
काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा आज प्रधानमन्त्री नियुक्त हुँदैछन् । राष्ट्रपति कार्यालयले आजै देउवाको नियुक्ति र शपथको तयारी गरेको छ । शपथ ग्रहणको कार्यक्रम साँझ ५ बजे तोकिएको राष्ट्रपति कार्यालयले जनाएको छ । सर्वोच्च अदालतले सोमबार देउवालाई प्रधानमन्त्री नियुक्त गर्न परमादेश दिएको थियो । सर्वोच्चले मंगलबार पाँच...







