ओली सरकारले नियुक्त गरेका ९ जना राजदूत फिर्ता बोलाइने
काठमाडौं । ओली सरकारले नियुक्त गरेको विभिन्न देशका ९ जना राजदूतलाई फिर्ता बोलाइने भएको छ ।
शुक्रबार बसेको प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको मन्त्रिपरिषद्को बैठकले सो निर्णय गरेको हो ।
यसअघि ओली सरकारले ११ जना राजदूत नियुक्त गरेको थियो ।
तीनमध्ये दुई जना परराष्ट्र सेवाका कर्मचारी रहेकाले उनीहरुको नियुक्त भने खारेज नभएको जनाइएको छ ।
्संसद् विघटन गरेका कारण संसदीय सुनुवाइ बिनै ती राजदूतहरुको नियुक्ति गरिएको भन्दै विवाद हुँदै आएको थियो ।
