आज ​प्रतिनिधिसभाको बैठक बस्दै

तु खबर संवाददाता
२०७८ श्रावण ३, आईतवार ०८:३४
file-photo

काठमाडौं । पुनःस्थापित प्रतिनिधिसभाको बैठक आज बस्दै छ । बैठक आज अपराह्न ४ बजे बस्ने भएको हो ।

उक्त बैठक संसदको आठौं अधिवेशनको पहिलो हो ।

तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिशमा राष्ट्रपति विद्यादेवी भण्डारीले विघटन गरेको प्रतिनिधिसभालाई पुनर्स्थापित गर्न सर्वोच्च अदालतको संवैधानिक इजलासले असार २८ गते परमादेश जारी गरेको थियो ।

आइतबारको बैठकमा अघिल्लो सरकारले ल्याएका केही विधेयकहरुलाई प्रक्रियामा लगिने कार्यसूची छ ।

दुई तिहाइ मत ल्याएर सत्तामा गएको नेकपा एमाले आजदेखि प्रतिपक्षमा बस्ने भएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*