नेकपा एमालेले बोलायो केन्द्रीय कमिटीको बैठक

तु खबर संवाददाता
२०७८ श्रावण २, शनिबार १४:४८

काठमाडौं । नेकपा एमालेले केन्द्रीय कमिटीको बैठक आह्वान गरेको छ । सोमबार बिहान ११ बजे केन्द्रीय कमिटी बैठक बोलाइएको नेकपा एमालेको केन्द्रीय कार्यालयले जनाएको छ ।

केन्द्रीय कमिटी बैठक ललितपुरस्थित तुल्सीलाल स्मृति प्रतिष्ठानको कार्यालयमा बस्ने उनले बताए । त्यसअघि आइतबार बिहान ११ बजे स्थायी कमिटी बैठक बस्नेछ ।

शुक्रबार पनि अध्यक्ष केपी शर्मा ओलीले स्थायी कमिटी बैठक राखेका थिए । तर उक्त वैठकमा वरिष्ठ नेता माधवकुमार नेपाल समूहका नेताहरु अनुपस्थित रहे ।

शुक्रबार नै संसदीय दलको बैठक समेत बसेको छ । संसदीय दलको बैठकमा पनि माधव समूहका सांसदहरु अनुपस्थित भएका थिए ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*