साम्यवाद र समाजवादको बाटोबाट समृद्धिको लक्ष्य प्राप्त हुँदैन– कमल थापा
मकवानपुर । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष कमल थापाले साम्यवाद र समाजवादको बाटोबाट समृद्धि र समानताको लक्ष्य प्राप्त नहुने बताएका छन् ।
उनले आज शनिबार ट्वीट गर्दै समृद्धि र समानताका लागि राष्ट्रियता, प्रजातन्त्र र उदारवादको चिन्तनमा आधारित ‘समवर्द्धनवाद’ भएको बताए ।
उनले अबको बाटो राष्ट्रियता, प्रजातन्त्र र उदारवादको चिन्तनमा आधारित ‘समवर्द्धनवाद’ हुनुपर्नेमा जोड दिएका छन् ।
‘साम्यवाद र समाजवादको बाटोबाट समृद्धि र समानताको लक्ष्य प्राप्त हुँदैन । अबको बाटो राष्ट्रियता, प्रजातन्त्र र उदारवादको चिन्तनमा आधारित ‘समवर्द्धनवाद’ हुनुपर्छ,’ थापाले लेखेका छन्, ‘निरन्तरतासहितको परिवर्तन, बहुलवाद, उदार अर्थतन्त्र, समावेशीता, हिन्दुराष्ट्र, राजसंस्थासहितको प्रजातन्त्र सम्वर्द्धनवादको सार हो ।’
