प्रदेश २: साह आन्तरिक मामिला तथा सञ्चारमन्त्री र कर्ण राज्यमन्त्री नियुक्त

तु खबर संवाददाता
२०७८ श्रावण २, शनिबार १७:३०

मकवानपुर । मुख्यमन्त्री लालबाबु राउतले प्रदेश २ सरकारमा नेकपा माओवादी केन्द्रका २ नेतालाई सहभागि गराएका छन् ।

उनले माओवादी केन्द्रका भरतप्रसाद साहलाई आन्तरिक मामिला तथा सञ्चार मन्त्री र रुबी कर्णलाई राज्यमन्त्री नियुक्त गरेका हुन् ।

शनिबार मधेश भवनमा आयोजित कार्यक्रममा मन्त्री साहले प्रदेश प्रमुख राजेश झा ‘अहिराज’ र राज्यमन्त्री कर्णले मुख्यमन्त्री राउतसमक्ष पद तथा गोपनियताको शपथ लिएका छन् ।

 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*