जसपाको महन्थ पक्षले पनि प्रधानमन्त्री देउवालाई विश्वासको मत दिने
मकवानपुर । जनता समाजवादी पार्टी जसपा नेपालको महन्थ ठाकुर पक्षले पनिप्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत दिने भएको छ ।
प्रधानमन्त्री देउवाले ठाकुरलाई पत्र नै पठाएर विश्वासको मत दिन आग्रह गरेका थिए ।
पत्र पठाएपछि काँग्रेस र जसपा ठाकुर पक्षबीच संघीय संसद् भवनमा छलफल भएको थियो । छलफलमा प्रम देउवाले ठाकुरलाई मधेशको माग पुरा गर्ने आश्वासन दिएका थिए । देउवाको आश्वासन पछि ठाकुर पक्षले पनि उनलाई विश्वासको मत दिने निर्णय गरेको हो ।
जसपाको उपेन्द्र यादव पक्षले यसअघि नै देउवालाई मत दिने निर्णय गरिसकेको छ । जसपाका ३२ जना सांसद रहेका छन् ।
त्यस्तै नेकपा एमालेको माधव नेपाल पक्षले पनि प्रधानमन्त्री देउवालाई विश्वासको मत दिने उद्घोष गरेको छ ।
नेकपा माओवादी केन्द्रले देउवालाई विश्वासको मत दिने केही दिन अघि नै घोषणा गरिसकेको छ ।
