राजेन्द्र महतोलाई उपप्रधानमन्त्री, जसपा ठाकुर पक्ष सरकारमा

तु खबर संवाददाता
२०७८ जेष्ठ २१, शुक्रबार १७:४४
file-photo

काठमाडौं । जनता समाजवादी पार्टी महन्थ ठाकुर पक्ष सरकारमा सहभागी हुने भएको छ । नेता राजेन्द्र महतोले सो पक्षबाट सरकारमा सहभागी हुनेछन् । उनलाई उपप्रधान तथा शहरी विकास मन्त्री हुनेछन् ।

प्रधानमन्त्री केपी शर्मा ओलीले जसपाको ठाकुर पक्षबाट सरकारमा सहभागी हुने ८ जना मन्त्री र २ जना राज्यमन्त्रीलाई आज शुक्रबार साँझ ६ बजे सपथ गराउँदै छन् ।

ठाकुर पक्षबाट सरकारमा सहभागी हुनेहरुमा शरतसिंह भण्डारी, अनिलकुमार झा, लक्ष्मणलाल कर्ण, चन्दा चौधरी, एकवाल मियाँ, विमल श्रीवास्तव, उमाशंकर अरगरिया, रेणुका गुरुङ र चन्द्रकान्त चौधरी रहेका छन् ।

राजेन्द्र महतो, उपप्रधानमन्त्री तथा सहरी विकास, शरद सिंह भण्डारी, ऊर्जा तथा जलस्रोत मन्त्रीको रुपमा , अनिल झा खानेपानी तथा सरसफाई मन्त्री, लक्ष्मणलाल कर्ण भूमि व्यवस्था तथा सहकारीमन्त्री, बिमल श्रीवास्तव, श्रम तथा रोजगारमन्त्री, उमाशंकर अरगरिया, वन तथा वातावरण मन्त्री चन्दा चौधरी, महिला तथा बालबालिका मन्त्री , एकवाल मियाँ, युवा तथा खेलकूद मन्त्री , चन्द्रकान्त चौधरी, ऊर्जा राज्यमन्त्री, रेणुका गुरुङ महिला बालबालिका राज्यमन्त्रीमा सपथ लिँदैछन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*